
प्रायः मानिसहरुलाई कसिलो लुगा लगाउन मनपर्छ । कसिलो लुगाले आफूलाई स्मार्ट देखिन्छ भन्ने उनीहरुको सोचाई हुन्छ भन्ने चिकित्सकहरुको भनाइ रहेको छ । वास्तवमा त्यो कुरा गलत हो । त्यस्तो गर्नु भनेको तपाईंहरुको स्वास्थ्यलाई अति हानिकारक प्रमाणित गर्नु हो । यो कुुरा विभिन्न सर्वेक्षणहरुले पनि पुष्टि गरिसकेको छ ।
कसरी हुन्छ हानि ?
कसिलो जिन्सले न केवल तपाईंका संवेदनशील अंगहरुलाई हानि पुर्याउँछ । यसले समग्र स्वास्थलाई नै बिगार्न सक्छ ।
-कसिलो जिन्स लगाउनाले महिलाहरुले कम्मरसँग सम्बन्धित समस्याहरुको सामना गर्नु पर्ने हुनसक्छ । अति नै कसिलो जिन्स दिनभरी लगाउनाले कम्मरको दुखाईका साथ-साथै स्लिप डिस्क हुने आशंका पनि बढ्नसक्छ ।
-पुरुषहरुको स्वास्थका लागि पनि कसिलो जिन्स लगाउनु निकै हानिकारक हुनसक्छ । वास्तवमा, यसले अण्डकोषसम्म हुने रक्त सञ्चारलाई रोक्नुका साथै अण्डकोषमा विकृति समेत फैलिन सक्छ । जिन्स लगाउनाले रक्त सञ्चारको स्वभाविक प्रकृयामै बाधा हुन पुग्छ ।
-कसिलो जिन्स लगाउनाले भेरिकोज भेन बिमारी, खासगरी खुट्टा तथा पैतालाको नशाहरुमा समस्या देखिने सम्भावना हुन्छ । यसबाहेक कसिलो जिन्सका कारण खुट्टामा ऐंठन हुने सम्भावना समेत बढ्छ ।
-के पनि विश्वास गरिन्छ भने कसिलो जिन्स लगाउनाले गर्भाशय नै संकुचन हुन सक्छ अथवा बाँझोपनको खतरा समेत बढ्न सक्छ । साथै कसिलो भएका कारण पेटमा निकै भार पर्छ । जुन अगाडि गएर समस्या पैदा गर्न सक्ने खालको हुन्छ ।
-निकै ज्यादा कसिलो कपडा लगाउनाले तपाईंलाई उठ्न-बस्न नै समस्या पर्न सक्छ । यसका साथै तपाईंको शरीरको सेप नै बिग्रन सक्छ । तपाईंको खुट्टाको नशा दबिन सक्छ । जसबाट तपाईंको शरीरमा झन्झनाहट, शून्य झैं अनुभव हुने अथवा दुख्न थाल्ने पनि हुन सक्छ ।
-लामो समयसम्म कसिलो कपडा लगाउनाले स्वास फेर्न समेत अफ्ट्यारो पर्न सक्छ । यसबाट शरीरमा अक्सिजनको प्रवाहमा समेत दबाब पर्न सक्छ । जसका कारण डर अथवा बेचैनी हुनुका साथै बेहोस हुने स्थिति समेत पैदा हुनसक्छ । यसबाहेक ज्यादा कसिलो कपडा लगाउनाले रगतको प्रवाहमा समेत रुकावट आउन सक्छ ।
प्रकाशित मिति: २६ पुष २०७६, शनिबार २१:५१