
सल्यान – विश्वभर फैलिरहेको कोभिड(१९ को रोकथाम,नियन्त्रण तथा व्यवस्थापन गर्ने सिलसिलामा मास्क नलगाई घर बाहिर निस्कनेलाई गरिएको कारवाहि बाट सल्यान प्रहरीले ४१ हजार बढी राजश्व संकलन गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै हाल सम्म मास्क नलगाइ घर बाहिर निस्केका मानिसहरुलाई गरिएको कारवाहीबाट ४१ हजार ८ सय रुपैँया संकलन गरिएको जानकारी दिएको छ ।
असार २७ गतेदेखि हाल सम्म ४ सय १८ जना मास्क नलगाउनेहरु कारवाहिमा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डियसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । मास्न नलगाउनेहरुलाई प्रहरीले संक्रामक रोग ऐन २०२० बमोजिम एक सय रुपैँया जरिवाना गर्ने नेपाल सरकार मन्त्री परिषदको निर्णय बमोजिम कारवाहि गर्दै आएको छ ।
प्रहरीले मास्क लगाउन अनुरोध गर्दै जिल्ला स्थीत संचार माध्यमबाट प्रचारप्रसार तथा माइकिङ समेत गरेको थियो । प्रहरीले सोमबार मात्रै श्रीनगरमा ४२ जना, लुहाममा ५ जना, कपुरकोटमा २ जना र खलंगामा २४ जना कारवाहिमा परेको जनाएको छ ।
प्रकाशित मिति: ५ श्रावण २०७७, सोमबार २०:४९