
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस परीक्षणसम्बन्धी मापदण्ड परिवर्तन गरेको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट नयाँ मापदण्ड बनाएको हो ।
नयाँ मापदण्डअनुसार अब ज्वरो, खोकी, सास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका विरामीको पनि पीसीआर टेष्ट गरिनेछ ।संक्रमितको सम्पर्कमा आएका तथा फ्रन्ट लाइनमा काम गर्नेहरुका साथै चिकित्सकीय मूल्यांकनका आधारमा मध्यम, गम्भीर र अत्यन्त गम्भीर अवस्थाका कोरोना संक्रमित डिस्चार्ज गर्दा पनि पिसीआर टेष्ट गरिनेछ ।
मापदण्डहरु
–लक्षण (ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्था, झाडापखाला) सहितका सबै बिरामी
–सङ्क्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका मानिस
–गम्भीर श्वासप्रश्वासजन्य समस्याका बिरामी
–विदेशबाट आएका सबै मानिस (स्थल तथा हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनको पाँच–सात दिनभित्र)
–फ्रन्टलाइन स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनका अन्य कर्मचारी
–विगत १४ दिनमा कोभिड १९ सङ्क्रमण भएको क्षेत्रमा भ्रमण गरेका
–आइसियुमा रहेका सबै बिरामी
–दीर्घरोगी, प्रतिरोध क्षमता कमजोर भइसकेका (विशेषतः ६० वर्ष उमेर पार गरेका)
–चिकित्सकीय मूल्याङ्कनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामी (आपत्कालीन उपचार तथा शल्यक्रियाका लागि भने परीक्षण नतिजा कुर्नु नपर्ने)
–चिकित्सकीय मूल्याङ्कनका आधारमा मध्यम, गम्भीर तथा अत्यन्त गम्भीर अवस्थाका कोभिड १९ बिरामीको डिस्चार्जका लागि
–तर, लक्षणहीन तथा हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गर्न (कम्तीमा तीन दिन लक्षणहीन रहेको अवस्थामा) परीक्षण नतिजा नचाहिने ।
प्रकाशित मिति: १८ श्रावण २०७७, आईतवार १२:४२