
काठमाडाैं ।
विशेषगरी नेपालगायत अन्य बिभिन्न देशहरूमा अदुवा असाध्यै लोकप्रिय रहेको छ । अदुवालाई जीवन प्रयन्त प्रयोग गर्ने समूह नेपालमा पनि ठूलो मात्रामा रहेको छ । मसलाको रुमपा अदुवा प्रयोग गर्दा त्यसबाट रोग प्रतिरोधी क्षमताको विकास हुन्छ । चिकित्सकहरुका अनुसार मानवको स्वास्थ्य ठिक राख्न अदुवाको प्रयोग गर्न सकिने भएपनिएकाे हाे ।
अदुवा निकै स्वादिलो मसलाजन्य परिकार हो । यो जति स्वादिलो छ उत्तिकै गुणकारी तथा लाभदायी पनि रहेको चिकित्सकहरुको भनाइ छ । अदुवामा जिंगेरोल नामक लाभकारी तत्व रहेको छ । जुन वैज्ञानिकहरुका अनुसार शक्तिशाली औषधीय गुण भएको तत्व हो । अदुवाको नियमति सेवनले विभिन्न खाले फाइदा दिने अध्ययनले जनाएकाे छ ।
हरेक नेपालीको भान्छामा दिनहुुँ अदुवाको प्रयोग गरिन्छ, चाहे त्यो खानालाई स्वादिस्ट बनाउनका लागि होस् या त खोकी लाग्दा औषधिको रूपमा । अदुवामा पाइने विभिन्न पोषण तत्वका कारण हिजोआज अदुवाको प्रयोग विभिन्न महिला तथा पुरुषले आफ्नो सुन्दरता बढाउन प्रयोग गर्दछन्। व्यक्तिको शरीर र मस्तिष्कलाई शितल राख्ने अदुवा सम्पूर्ण शरीरको लागि निकै लाभदायीक मानिन्छ।
अदुवाका फाइदाहरु
– अदुवा चपाएर खाँदा खाना चाँडै पच्ने र पाचन प्रणालीको पनि सुधार हुने गर्दछ । अदुवाको ताजा रस वा यसलाई चियालमा मिलाएर पिउँदा पेटका विभिन्न समस्याहरु समाधान हुने गर्दछ ।
– दाँतमा किरा लागेर दुख्ने समस्या छ भने पनि अदुवा चपाउँदा दुखाइ कम हुनुका साथै दाँतको किरा पनि नाश हुने गर्दछन ।
– मधुमेहका बिरामीलाई अदुवा निकै फाइदाजनक हुने गर्दछ, यसलाई चपाएर खाएमा शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण हुने गर्छ।
– स्मरण शक्ति बढाउन समेत अदुवा निकै लाभदायीक मानिन्छ । दैनिकरुपमा अदुवालाई मुखमा राखेर चपाएमा स्मरण शक्ति बढ्नुका साथै यसले मष्तिस्कको स्वास्थ्यलाई राम्रो राख्दछ।
– अदुवाको रसलाई दैनिकरुपमा आफ्नो कपालको जरामा लगाएर हल्का हातले मालिस गरेमा कपाल झर्ने समस्या कम हुनुका साथै यसले कपाललाई बलियो बनाउँद छ।
– चिसो लागेर नियमित खोकी र कफ आउने समस्याले ग्रसित हुनुहुन्छ भने अदुवाको सेवनले यसलाई ठिक पार्दछ। यसको लागि अदुवालाई मह र तुलसीको पातमा मिलाएर खाँदा खोखी तथा छातीमा काफ जमेको समस्या निको हुने गर्दछ।
प्रकाशित मिति: १२ भाद्र २०७७, शुक्रबार १४:१४