कभर खबर

  • १७ कार्तिक २०७७, सोमबार १२:१९

के तपाइकाे कपाल र्झछ ? यस्ताे उपाय अपनाउनुहाेस अब

काठमाडौं ।

कपाल झर्नु आम मानिसको समस्या हो । यो एक प्राकृतिक प्रक्रिया हो । तर, कतिपयको अस्वाभाविक तरिकाले कपाल झर्दछ तब यो समस्या र चिन्ताको विषय बन्छ ।कपाल विभिन्न कारणले झर्दछ ।

हालैको एक अनुसन्धानले भनेको छ की पुरुषमा आउने यस्ता समस्याको आम कारण अनुवांशिक हुने गर्छ । जबकी महिलाहरुको भने तनाव या मानशीक चिन्ताको कारण कपाल झर्ने गर्छ ।

कपाल झर्नबाट कसरी रोक्ने ?

अण्डा र ग्रीन टी 

अण्डा खानाले शरीरलाई जति नै फाइदा गर्छ त्यतिनै कापालका लागि पनि फाइदाजनक हुन्छ । अण्डामा प्रशस्त मात्रामा प्रोटीन हुन्छ । त्यसैले एक वटा अण्डाको सेतो भाग र दईचम्चा ग्रीन टीको पेस्ट बनाएर कपालको जरासम्म लगाउनुहोस् र आधाघन्टा पछि सफा पानीले धुनुहोस् । यो हप्तामा तीन पटक सम्म गर्नुभयो भने तपाइँको कपाल झर्ने समस्या समाधान हुन्छ ।

प्याज र फिटकिरी 

प्याजमा एन्टीअक्सिडेन्ट नामक तत्व हुन्छ । यसले कपाल झर्नबाट रोक्न मद्दत गर्छ । तीन वटा प्याज र फिटकिरीको सानो टुक्रा लिनुहोस् र प्याजको रस निकालेर फिटकिरी पिसेर मसिनो धूलो बनाउनुहोस् र त्यसलाई मिलाएर रातभर कपालमा लगाई छाडिदिनुहोस् त्यसपछि बिहान कपाल राम्रोसंग धुनुहोस् । यो कार्य हप्तामा दुईपटक गर्नु आवश्यक हुन्छ । जसले तपाइँको कपाल झर्नबाट रोक्छ ।

केरा र अण्डा

एक एक वाटा केरा र अण्डा लिनुहोस् र केरा अण्डा मिलाएर पेस्ट बनाउनुहोस् र कपालमा लगाएर आधा घण्टा छाडिदिनुहोस् । त्यसपछि मनतातो पानीले कपाल धुनुहोस् । यसो गर्नाले केही दिनपछि कपाल झर्न बिस्तारै रोकिन्छ ।

 एजेन्सी

प्रकाशित मिति: १७ कार्तिक २०७७, सोमबार १२:१९