सल्यानको एक विद्यालयमा छाना उडाएको एक वर्ष हुँदा समेत मर्मत नहुँदा खुल्ला चौरमा कक्षा

करेश्मा गिरी ।
सल्यानको एक विद्यालयमा हावाहुरीले छाना उडाएको एक वर्ष बिती सक्दा समेत मर्मत नहुँदा विद्यार्थीहरु खुल्ला चौरमा पढ्न बाध्य भएका छन् ।
शारदा नगरपालिका वडा नम्बर –१० जनता प्रावि पैयाँखर्कमा गत आर्थिक वर्ष ०७६ चैत ११ गते हावाहुरीले उडाएको छाना एक वर्ष हुनै लाग्दा समेत मर्मत नहुँदा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाइ खुल्ला चौरमा पढाउनु पर्ने बाध्यता रहेको विद्यालयका प्रअ डम्मर चलाउनेले जानकारी दिनुभयो ।
विद्यालयमा भएको समस्या बारे सम्बन्धित वडा र पालिकालाइ पटक पटक जानकारी गराउँदा समेत कुनै सुनवाइ नभएको उहाँले गुनासो गर्नु भयो ।
विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाइ खुल्ला चौरमा पढाउँदा एक अर्का कक्षाका बालबालिकालाइ अध्यनअध्यापनमा समस्या हुने गरेको समेत उहाँको भनाइ छ ।
- 46Shares