बनगाडमा राम्रा भन्दा हाम्रा खोज्दा २ वर्षसम्म ८ शिक्षकको पदपूर्ति भएन

इन्द्र बुढाथोकी,माघ २२ सल्यान ।
सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा रहेका विभिन्न बिध्यालयहरुमा २ वर्ष सम्म शिक्षक पदपूर्ति हुन सकेको छैन । ६ वटा बिध्यालयको ८ जना शिक्षकको पदपूर्ति हुन बाकी रहेको छ । जसमा जय नेपाल निमावि गर्चेमा निमावि राहत २ वटा, शारदा निमावि क्वरेणीमा प्राबी राहत १ वटा, सरस्वती प्राबी फुर्केसल्लीमा राहत १ वटा , अमर प्राबी काफलपानी राहत १, महेन्द्र माबी आपचौरमा निमावि राहत १, प्राबी राहत १ र शिद्देश्वरी माबी माझखर्क निगाल्चुमामा प्राबी अस्थायी दरबन्दी १ गरि जम्मा ८ जना शिक्षकको पदपूर्ति हुन सकेको छैन ।

पदपूर्ति हुना नसक्नुको कारण भनेको राजनीति दबाब तथा राम्रा भन्दा हाम्रा मान्छे ल्याउनु पर्छ भन्दै बिध्यालय व्यवस्थापन समितिले पदपूर्तिको लागि बिज्ञापन खोल्न सकेका छैनन् । अधिकास ठाउमा शिक्षकहरू स्थायीमा नाम निकालेर अनेत्र जादा उक्त ठाउमा शिक्षक खाली रहेका छन । विद्यार्थी भने उक्त विषय नपढी परिक्षा दिने गरेका छन् । विद्यालयको चरम लापरबाही प्रती स्थानीय अभिभावक आक्रोश व्यक्त गरेका छन ।

स्थानीय उषा रानाका अनुसार विद्यालयको मुख्य विषय फेरवदल गर्न खोज्दा र आफ्ना कार्यकर्ता भर्ति केन्द्र वनाउन खोज्दा यहाँको पढाई अस्तव्यस्त वनेको छ । यसतर्फ यहाँका जनप्रतिनिधि, विद्यालय प्रशासनदेखि स्थानीय राजनीतिक अगुवाहरु नै मुख्य दोषी रहेको उहाँको भनाई छ ।

निति विधि र मुख्य विषय परिवर्तन गरी साधारण विषय भएमा विद्यालय नबन्ने अन्य स्थानीय अभिभावकको भनाई छ । राजनीतिक स्वार्थ र आफ्ना मान्छे राख्न खोज्दा संस्थालाई धरासयी नबाउन पटक पटक अभिभावकले चेतावनी दिँदा समेत विद्यालय व्यवस्थापन समितिले निर्णय गर्न मानिरहेको छैन् । स्वतन्त्रपुर्वक विद्यालयलाई निर्णय गर्ने अधिकारमा बाह्य राजनीतिम हस्तक्षेप देखिन्छ । यता नगर शिक्षा शाखाले पनि यस्तो कुरामा व्यवस्था देखाउने गरेको छ ।

शिक्षाको पठनपाठन सुधारका कुरामा नगर शिक्षा शाखा वेखवर बनेको छ । बर्सौदेखि रिक्त दरवन्दीमा शिक्षक पदपूर्ति गरी पठन पाठन अघि बढाउन निर्देशन दिने निकाय समेत राजनीति छायामा परेको छ । स्वतन्त्रपुर्व क आफ्नो निर्देशन लागू गर्ने कुरा बनगाड कुपिण्डे नगर शिक्षा शाखा समेत निरहि वनेको छ ।

शिक्षाका सवालमा शाखाको प्रगति तेति उत्साहजनक देखिन्न । यस्ता कुरामा तत्काल ताकेता दिनुपर्ने शाखाको काम कर्तव्य हो तर तेसो हुन नसकेको पाइन्छ । दुई÷दुई वर्षसम्म मुख्य विषयका शिक्षक नहुँदा ती बालबालिकाको पढाई के भयो होला । के पढछन् होला । त्यस्तो सम्वेदशिल कुरामा चासो नदिनु भनेको सम्बन्धि निकाय पुरै असफल भएको सन्देश सुन्न सकिन्छ ।

यहाँका आधा दर्जन विद्यालयका स्थायी भएर खालि भएका राहत कोटा खालिका खालि छन् । शिक्षक अभावमै यहाँका प्रस्तावित आधारभुत विद्यालयहरु १÷५ झर्दैछ्न । धेरैले निजिमा राखेका शिक्षकहरुको तलव दिन नसक्दा संकट थपिएको छ ।

प्रकाशित मिति: २२ माघ २०७७, बिहीबार १५:२४