ल्याटिन अमेरिकामा ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाण्डाै – ल्याटिन अमेरिकामा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प आएको छ । जमैकाको समुद्री तट र पूर्वी क्युबाको बीचमा रहेको क्यारेबियन सागरमा मङ्गलबार साँझ भूकम्प गएको हो ।

ANI

@ANI

United States Geological Survey (USGS): Another Earthquake of magnitude 6.1 on the Richter scale hit Cayman Islands region. https://twitter.com/ANI/status/1222246415612575744 

ANI

@ANI

United States Geological Survey (USGS): Earthquake of magnitude 7.7 on the Richter scale hit the Cuba region.

अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण मेक्सिकोदेखि फ्लोरिडा लगायतका ठाउँमा शक्तिशाली झट्का दिएको थियो ।

त्यस्तै केमैन द्वीप समूहमा फेरि मङ्गलबार राति ६ दशमलव १ म्याग्निच्युडको भूकम्पको झट्का महसुस गरिएको थियो ।

शक्तिशाली भूकम्पको झट्कापछि अमेरिकी वैज्ञानिकहरुले समुद्री तटीय इलाकामा खतरनाक सुनामी आउन सक्ने बताएका छन् । भूकम्पकाे क्षतिकाे बारेमा भने जानकारी प्राप्त भैसकेकाे छैन ।

पहिलो भूकम्पको झट्का मङ्गलबार स्थानीय समयअनुसार झण्डै ७ बजेर १० मिनेटको समयमा महसुस गरिएको थियो, जसको केन्द्र समुद्री तटीय शहर लुसियामा मापन गरिएको थियो ।

भूकम्पको झट्का कारण मोन्टेगो खाडी, जमैकाको १४० किलोमिटर उत्तर–पूर्वी र निक्वैरो, क्युबाको १४० किलोमिटर पश्चिम–दक्षिणसम्म महसुस गरिएको थियो ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले जमैकाको तटीय इलाकामा सुनामी आउन सक्ने चेतावनी दिएका छन् । सुनामीको असर जमैका, बेलिज, क्युबा, होन्डुरस, मेक्सिको र केमैन द्वीपमा देख्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।

प्रकाशित मिति: १५ माघ २०७६, बुधबार ०८:५८