कुपिण्डेतालमा पर्यटक तान्न मेयरकाे यस्ताे रणनिति

तालमै भव्य कार्यक्रम हुदै, मुख्यमन्त्री शाहीले सम्बोधन गर्ने

सल्यान । पर्यटन वर्ष २०२० लाइ लक्षित गर्दै सल्यानको कुपिण्डेतालमा वृहत कार्यक्रम हुने भएको छ । माघ महिनाको दोस्रो सातासम्म हुन लागेको भव्य कार्यक्रममा  तालको प्रचार प्रसार र विकासका बारेमा सरोकारवालाहरु संग विशेष कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख गोविन्द कुमार पुनले जानकारी दिनुभयो ।
उहाँले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थलको प्रचारप्रसारलाइ अझै बढाउनसो भम्रण वर्षमा धेरै पर्यटक भित्र्याउन सकिने बताउनुभयो । कर्णाली प्रदेशको रारा पछिको ठुलो ताल यस कुपिण्डे नगरपालिकामा रहेको र यस्को विकासका लागी मुख्यमन्त्री सहितको टोलीलाइ निमन्त्रणा गरि विकासको बारेमा छलफल गरिने समेत उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले भ्रमण वर्षलाइ लक्षित गर्दै पर्यटक भित्र्याउने गरि विकासको काम अगाडी बढाएको बताउँदै नगर प्रमुख पुनले डिपीआर गरि भौतिक संरचना निर्माणको दिर्घकालीन योजना रहेको बताउनुभयो ।
उहाँले अन्तरत्रृmया कार्याक्रममा जिल्लाबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने तिनै जना साँसद,दबवटै पालिकाका जनप्रतिनिधि,कर्मचारी,राजनैतिक दल,सरोकारवालाको सहभागितामा कार्यक्रमको आयोजना गर्ने तैयारी गरि रहेको बताउनुभयो ।
प्रमुख पर्यटकीय स्थल कुपिण्डेताललाइ राष्ट्रीय तथा अन्तराष्ट्रीय रुपमा प्रचार प्रसार गर्न आयोजना गर्न लागिएको कार्यक्रममा सहभागीहरुलाइ स्थानीय स्तरमा उत्पादन भएका अर्गानिक वस्तुबाट बनेका परिकार खुवाइने नगरपालिकाले योजना बनाएको छ । साथै स्थानीय संस्कृति झल्काउने मौलिक कला संस्कृतिको प्रदर्शन गरिने

कभरखवरसँगकाे कुराकानीमा मेयर पुनः पर्यटक तान्न यस्ताे रणनिति बनाएका हाैँ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close