आयोगले गर्याे सल्यानमा उपभोक्ता मावन अधिकारका लागि छलफल

सल्यान- राष्ट्रिय मानव अधिकार आयोगले सल्यानमा उपभोक्ता मावन अधिकार विषयक छलफल र अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सल्यानको कपुरकोट गाउँपालिकामा बुधबार जनप्रतिनिधी, कर्मचारी, मानव अधिकारकर्मी, उपभोक्ता, पत्रकार तथा व्यापारी, व्यवशायीसंग छलफल गरेको हो ।

दैनिक उपभोग्य वस्तुको सहज व्यवस्थापनका लागि र उपभोक्ताले गुणस्तरिय सेवाको उपभोग गर्न पाउनुपर्ने मौलिक हकको रक्षाका लागि मानव अधिकार आयोग तथा स्थानीय सरकारले नेतृत्वदायी र प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा आयोगका प्रवद्र्धन तथा वकालत महाशाखाका प्रमुख दिपेन्द्र बहादुर सिंहले उपभोक्ताका अधिकार, विक्रेता तथा सेवा प्रदायकको दायीत्व, बजार अनुगमन सम्बन्धी स्थानीय तहको अधिकार लगाएतका विषयमा अभिमुखिकरण गरेका थिए ।

सरकारी अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै छलफलका सहभागीहरुले उपभोक्ता हित विरुद्ध वा ऐन, नियम विपरीत कार्य गर्ने वस्तु वा सेवा प्रदायकलाइ दण्ड जरिवाना गर्नुपर्ने बताएका थिए । साथै अनुगमनको लागि पर्याप्त बजेट विनियोजन हुनुपर्ने, उपपभोक्तालाई विशेष रुपमा सचेत पार्दै मिसावटयुक्त खाद्यान्न विक्रि भएको सुचना दिनेलाई पुरस्कृत गर्नुपर्ने सुझाव सहभागीहरुको थियो ।

कार्यक्रमका प्रमुख अथिती कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले उपभोक्ताहरुले आफ्ना हकअधिकारहरुको पूर्ण रुपमा उपभोग गर्न पाउनुपर्नेमा जोड दिए । संविधानको मौलिक हकमा व्यवस्था भए अनुसार उपभोक्ताले गुणस्तरीय वस्तु र सेवाको उपभोग गर्न पाउने अधिकार कार्यन्वयनका लागि स्थानीय सरकारले सरोकारवाला निकाय र उपभोक्ता अधिकारकर्मी संग मिलेर काम गर्ने बताए ।

राष्ट्रिय मावन अधिकार आयोग लुम्बीनी प्रदेश शाखा नेपालगञ्जका प्रमुख झंकर बहादुर रावलले उपभोक्ता अधिकारको अनुगमन र यस सम्बन्धमा परेका उजुरीहरु उपर निरन्तर अनुगमन र अनुसन्धान गर्दै आएको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडा नं ५ का वडा अध्यक्ष यम कुमार वस्सनेत, सासमुदायीक वन उपभोक्ता महासंघ कर्णालीका अध्यक्ष घनश्याम शर्मा, मानव अधिकारकर्मीहरु जीत प्रसाद आचार्य, देवेन्द्र कुमार सेन लगाएतले बोल्दै बजार अनुगमन गर्ने केन्द्रीय, जिल्ला र स्थानीय तहका संरचनाहरुमा समन्वय, सहकार्य र एकरुपता हुन आवश्यक रहेको बताएका थिए ।

राष्ट्रिय मानव अधिकार आयोगले कर्णालीका विभिन्न जिल्लामा मावन अधिकार रक्षक अभिमुखिकरण संगै यस प्रकारका कार्यक्रम गर्दै आएको छ । सल्यानको खलंगा, रुकुमको चौरजहारी र जाजरकोटको खलंगामा हालै मावन अधिकार रक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको आयोगका केन्द्रीय कार्यालयका प्रशासन महाशाखा प्रमुख घनश्याम भण्डारीले जानकारि दिए । यस्तै सुर्खेतको विरेन्द्रनगरमा मानव अधिकार संगठनको सहकार्यमा संगठनका कर्णाली प्रदेशभरीका प्रतिनिधीहरुलाई पनि अभिमुखिकरण गरिएको उनले जनाए ।

प्रकाशित मिति: ४ चैत्र २०७७, बुधबार १७:१७