दार्मा गाउँपालिकामा विद्यालय खुल्ला रहने

सल्यान ।

सल्यानको दार्मा गाउँपालिकाका सबै विद्यालयहरू खुल्ला रहने भएका छन् । सरकारले आजदेखि देशभर विद्यालय बन्दको आह्वान गरेको भए पनि दार्मा गाउँपालिकाका विद्यालय भने खुल्ला रहने जनाइएको छ । गाउँपालिकाले सूचना जारी गर्दै विद्यालय बन्द नगर्ने जनाएको हो ।

गाउँपालिका क्षेत्रभित्र हालसम्म वातावरणीय असर नपरेको भन्दै सबै विद्यालय नियमित सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभएकाे छ । आगामी जेठ महिनामा सञ्चालन हुने भनिएको वार्षिक परीक्षालाई मध्यनजर गर्दे विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनुभएकाे छ ।

प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलवार १२:४२