
प्रचण्ड खत्री /रुकुम पश्चिम ।
रुकुम पश्चिमकाे बाफिकोट गाँउपालिका वडा नम्बर १० मा आगलागी हुदा ३ गाँउका स्थानीयलाई खानेपानीको समस्या भएको छ | वडा नम्बरको बयाल्ले टोल , सेजे टोल र ठुला खर्क टोलमा खानेपानीको समस्या भएको स्थानीयले बताउनुभएकाे छ । १३ गते लागेको भीषण आगलागीका कारण खानेपानीको समस्या रहको वडा सदस्य राम बहादुर जैसीले बताउनुभएकाे छ ।
चमेरे भिरमा रहेको ६ सय मिटर जलेर नस्ट भएको छ । ३ टोलका १५० घरदुरी समस्या परेको र अहिले खाल्डोको दूषित पानि पिउन बाध्य भएको वडा सदस्य जैसीले बताउनुभयाे ।
अहिले त्यहाका स्थानीय पोखरी {खालिपोट } को दुषित पानि पालैपालो गरेर खान बाध्य भएको बताएको छ । वडा अध्यक्ष अर्जुन चन्दले वडा कार्यालय बैठक बसेर उनीहरुको समस्याको समाधान गर्ने बताउनुभयाे । वडामा प्रशस्त बजेट नभएको र बिभिन्न निकायमा पहल गर्ने जानकारि दिनुभयाे । बाफिकोट गाउपालिका र बिभिन्न संघ संथामा खानेपानीको निम्ति पहँल गर्ने वडा अध्यक्ष चन्दको भनाई छ ।
प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलवार १३:५१