सिम्ताका एक पुरुष वीरेन्द्रनगरमा मृत अवस्थामा फेला

सुर्खेत – सुर्खेतको सिम्ता गाउँपालिकाका एक पुरुष वीरेन्द्रनगरमा मृत अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगर–६, स्थित यज्ञ पिसहोम बोडिङ्ग स्कुलनजिक मंगलबार बिहान सिम्ता गाउँपालिका–९, का ३९ वर्षीय रामबहादुर राना क्षेत्री मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोस्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल लगिएको छ । मृतकको शरीरमा कुनै चोटपटक नभएकाले पोष्टमार्टम रिपोर्टपछि वास्तविकता बाहिर आउने डीएसपी घर्तीले बताए ।

प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलवार १४:३२