सल्यानमा परिक्षा दिन विद्यालय जाँदै गरेकी छात्राको लडेर मृत्यु

सल्यान ।

सल्यानमा परिक्षा दिन हिडेकी एक छात्राको लडेर ज्यान गएको छ ।मृत्यु हुनेमा छत्रेश्वरी गापा –२ अत्तरकाँडा निवासी चन्द्रकला शार्की रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयाे ।

कोभिडको जोखिम लाइ मध्यनजर गर्दै विद्यालयले आन्तरिक परिक्षा संचालन गरेपिछ भानुभक्त माविमा कक्षा १० मा अध्यनरत चन्द्रकला  मंगलबार बिहानै गणित विषयको परिक्षा दिन भनेर हिडेकी थिइन् ।

घरबाट विद्यालय सम्म जाने बाटो अप्ठेरो रहेको र ओरालोमा दौडिदै गर्दा सल्लाको कुसुममा चिप्लिएर लडेको उनिसंगै हिडेका विद्यार्थीहरुले बताएका छन् ।

बाटोबाट लडेर करिब ४ सय मिटर तल पुगेको र बिहान किरब सवा ९ बजेकाे समयमा घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०७८, मंगलवार १४:४१