कपुरकोट गाउँपालिकाले हेल्थ डेस्क स्थापना ग¥यो

सल्यान- कोरोना भाइरस संक्रमणको दोश्रो लहर बढेपछी सल्यानको कपुरकोट गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरेको छ । कर्णालीको प्रवेशद्वार कपुरकोट नाकामा बुधबार हेल्थ डेस्क स्थापना गरी यो नाका भएर आउनेहरुको रेकर्ड राख्ने र स्वास्थ्य जाँच कार्य सुरु गरिएको हो । हेल्थ डेस्कका लागि गाउँपालिकाले स्वास्थ्यकर्मीहरुको ब्यवस्थापन गरेको र यसमा नेपाल प्रहरीबाट पनि सहयोग मिल्ने कपुरकोट गाउँपालिकाका कोभिड फोेकल पर्सन देवेन्द्र कुमार सेनले जानकारी दिए । स्वास्थ्यकर्मीहरुले कपुृरकोट नाका भएर आउने नागरिकहरुको तापक्रम जाँच गर्नेछन् भने कोरोना भाइरस संग मिल्ने लक्षण, चिन्ह भएकाहरुको पहिचान गर्नेछन् । साथै स्वास्थ्य सतर्कता अपनाउने विधिबारे सचेत बनाउन हेल्थ डेस्क राखिएको फोकल पर्सन सेनले बताए ।

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि कपुरकोटमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको हो । प्रदेश ५ र कर्णाली प्रदेशको दक्षिण पूर्वी सिमानाका रुपमा रहेको कपुरकोटमा गत वर्ष पनि हेल्थ डेस्क स्थापना गरिएको थियो ।

कपुरकोटमा ३२ जना संक्रमित, विहिबार स्वाब संकलन गरिने

कपुरकोट गाउँपालिकाले कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण साथै सीघ्र स्वास्थ्य जांच र उपचारका लागि विशेष ध्यान दिएर अगाडी बढेको जनाएको छ । हाल गाउँपालिकामा ११ जना महिला र २१ जना पुरुष गरेर जम्मा ३२ जना सक्रिय संक्रमित रहेको स्वास्थय शाखाले जनाएको छ । जस मध्ये २७ जना होम आइसोलेसन र ५ जना गाउँपालिकाले निर्माण गरेको आइसोलेसननमा बसिरहेका छन् ।

कपुरकोट गाउँपालिकाले नेरामावि किमुचौरमा २५ बेड क्षमताको आइसोलेससन स्थापना गरेको छ भने कपुरकोटमा अक्सीजन सहितको ५ बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको छ । कोभिड विशेष अस्पतालमा मंगलबार आएका एक जना संक्रमित विरामीलाई उपचार गरेर घर पठाइएको छ । स्वास्थ्य अवस्था जटिल भएपछी दाङ बेलझुण्डीमा उपचारका लागि गएका उनी त्यहाँबाट अस्पतालले भर्ना नलिएपछी कपुरकोट स्थित कोभिड विशेष अस्पतालमा आएका थिए ।

यसैविच पछिल्लो समय कपुरकोट गाउंपालिकामा पनि संक्रमितहरु तथा कोरोना भाइरस संग मिल्दाजुल्दा चिन्ह, लक्षण भएका विरामिहरु बढ्दै गएकाले विहिबार पिसिआर विििधबाट कोरोना परिक्षणका लागि स्वाब संकलन गरिने भएको छ । वडा नं ५ र ६ का संकास्पद ब्यक्तिहरुको रिम स्वास्थ्य चौकीमा र वडा नं १, २, ३ र ४ का ब्यक्तिहरुको धनवाङ स्वास्थय चौकी कपुरकोटमा स्वाब संकलन गरिने स्वास्थ्य शाखाका सि. अहेव सुवाश हमालले जानकारि दिए ।
 

 

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार १८:४९