
इन्द्र बुढाथोकी
साउन २ सल्यान । पहाडी साना किसानका लागि अनुकूलन आयोजना सल्यान आयोजना समन्वय एकाइ सल्यानले बनगाड कुपिण्डे नगरपालिकामा भएका योजनाको सयुक्त रुपमा अनुगमन सम्पन्न गरेको छ ।
योजना अनुगमन समन्वय एकाइ आशा जिल्ला प्रमुख चुडामणि खतिवडाले बनगाड कुपिण्डे नगरपालिकामा गरेका विभिन्न आयोजनाका बारेमा जानकारी गराउनु भएको थियो । प्रमुख खतिवडाले बनगाड कुपिण्डे नगरपालिका १० वटा वडामा विभिन्न प्रकारका काम गर्दै आएको समेत बताएका छन । उक्त सस्थाले सिचाइ कुलो, पोखरी, खानेपानी, माछा पोखरी, कृषि, बन, भकारो सुधार, बाख्रा खोर निर्माण र बृक्षरोपण्ल लगाएतका काम गरिरहेको छ । दिगो विकासका लागि उक्त नगरपालिकामा ३ वर्ष देखि काम गर्दै आइरहेको समेत प्रमुख खतिवडाले बताउनु भएको छ ।
उक्त अनुगमन बोल्न अधिकास बक्ताहरुको आशा सस्थाले प्रगति उन्मुख काम गरिरहेको बताउनु भएको छ । बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुनले उक्त सस्थाले गरेका काम सन्तोषजनक भएको सधै सहकार्यको लागि अनुरोध समेत गर्नु भएको छ । यसले गरेको कामको अब कसरी हुन्छ त्यसको दीर्घकालीन विकासमा टेवा दिनु पर्नेमा जोड दिनु भएको छ । विकास गर्ने त्यसको जिम्मेवारी नलिने समस्या भएकोले विकासमा समस्या भएको आशा सस्था आए देखि नगरपालिका साना साना समस्या हल गरेर जनतालाई नगरपालिका विकासको लागि धेरै सहज भएको समेत उहाले बताउनु भएको छ । अब नगरपालिका १२ वटा वडामा नै कार्यक्रम लागु गर्नु पर्ने समेत नगर प्रमुख पुनले बताउनु भएको छ ।
जनताले सधै सरकारको भर पर्ने र गरेको विकासको दीर्घकालीन बनाउन तिर ध्यान जानू पर्ने उहाले बताउनु भएको छ । सल्यान जिल्ला प्रमुख अधिकारी लक्ष्मी खतिवडाले पनि अहिलेको जथाभावी सडक निर्माण गर्ने कार्य रोक्नु पर्ने र त्यसतो ठाउँमा बृक्षारोपण गर्ने पर्ने समेत बताउनु भएको छ सल्यान अहिले आशा सस्थाले राम्रो काम गरेको र अझै राम्रो गर्दै जानू पर्ने बताउनु भएको छ ।
सल्यानको ५ वटा पालिकामा उक्त सस्थाले कार्यक्रम गर्दै आएको छ । साधन र प्रबिधि दिएर ग्रामीण विकास गरेर एकीकृत बस्ती बसाल्ने तिर ध्यान दिनु पर्ने समेत बताउनु भएको छ । नगर उप प्रमुख मन्जु यरिले आशाको काम तिर खुसी हुँदै दीर्घकालीन टिकाउ हुनमा केही समस्या आउँछ कि त्यता तिर पनि ध्यान दिनु पर्ने बताउनु भएको छ । अब यस सस्थाले थप अर्को कार्यक्रम पनि छिटै ल्याउन अनुरोध गर्नु भएको छ । डिभिजन वन कार्यालयका प्रमुख रमेश गिरीले वन मन्त्रालयको समन्वयमा उक्त कार्यक्रम सन्चालन भएको र यस सस्थाले राम्रो काम गर्दै गएको समेत बताउनु भएको छ । यसको साझेदारी दीर्घकालीन समेत हुनुपर्ने उहाको भनाइ रहेको छ । उक्त अनुगमन कार्यक्रममा ३९ विपन्न घरपरिवारलाई सोलार वितरण गरिएको छ । आशाको लाप समुहद्धारा ५ लाख ४६ हजार बराबरको ५० वाटको सोलार वितरण गरिएको छ । १३ सय समुदायको सहयोगमा बाकी आशाको सहयोगमा उक्त सोलार वितरण गरिएको छ । वडा अध्यक्ष पुरुशोतम आचार्य, मोमत रोका लगाएत सस्थाका कर्मचारी स्थानीयको उपस्तिथि रहेको थियो ।
प्रकाशित मिति: ३ श्रावण २०७८, आईतवार १९:०३