आर्थिक अभावमा उपचार हुन नसक्दा भारतीय अस्पतालमा छटपटाउदै सल्यानकी तिला विक

इन्द्र बुढाथोकी

पाठेघरको शल्यक्रिया पश्चात झनै समस्या भएपछी अस्पतालमा छटपटाइरहेकी सल्यानकी एक ३८ वर्षिय महिलाको उपचारमा समस्या भएको छ । बनगाड कुपिन्डे नगरपालिका वडा नं ३ बाँझकोट निवासी ३८ बर्षकी तिला बिक अहिले भारतको अहमदाबादमा उपचार गराइरहेकी छिन ।

नेपालमा रोग पत्ता नलागेपछि भारतमा ज्याला मजदुरी गरी उपचार गर्न श्रीमान पदम बिक संग भारत पुगेकी तिलाको स्वास्थ्यमा समस्या बढे सगै उपचारको लागी उनका श्रीमान पदम विकले भारतबाट सहयोगको लागी अपिल गरेका छन् ।

तिलालाइ पाठेघरको समस्या थियो । नेपालमा उपचार गरिन, तर निको भएन । भारतमा पाठेघरको अप्रेशन भयो । एक हप्ता अस्पतालको बसाइ पछि कोठामा पुगेकी तिलामा दुइ हप्तापछि पेटमा समस्या देखियो । अस्पतालमा जाँच गराउदा पेटमा पानी जमेको डाक्टरले बताएको उनका श्रीमान पदमले बताए ।

पेटमा जमेको पानी निकाल्न दोस्रो पटक पेटको अप्रेशन गरेको तर उपचारमा आर्थिक अभावका कारणले समस्या थपिएको उनको भनाइ छ । तिला अहिले भारतको अहमदाबादको अस्पतालको बेडमा आर्थिक अभावका कारणले मृत्यु संग लडिरहेकी छिन ।

दैनिक ज्यालामजुरी गरी श्रमतीको उपचारको लागी भारत पुगेका पदमल आफुलाई भाग्यले नै ठगेको बताए । उपचारको क्रममा १ बर्ष पहिले भारतमा पुगेका पदमले दैनिक रोजगार त गर्न पाएनन्, आर्थिक अभावको कारणले श्रीमतीको स्वास्थमा सुधार पनि ल्याउन नसकेको बताउँछन् । उनी पुर्व जनमुक्ती सेना हुन ।

यता सुर्खेतको गुर्भाकोटमा दुइ नावलकको बिचल्लि भएको छ । घरका अभिभावक नहुदा पिरमा परेका छोरा छोरी बिचल्लीमा पर्दा झनै समस्या थपिएको पदम बताउँछन् । पारिवारिक आर्थिक अबस्था कमजोर भएका नविनको दैनिक ज्यालामजदुरी बाहेक अन्य आम्दानीको श्रोत केही छैन । कोरोना महामारीको कारणले पनि सहज रुपमा उपचार नभएको उनले बताए । उपचारमा आर्थिक समस्या भएकालेसहयोगको लागी नविनले भारत बाट अपिल गरेका छन ।

पदमले भने, श्रीमतीलाई अझै पनि निको भएन, अहिले त झन पेटमा पानी जमेको ठाउबाट दिशा बगीरहने समस्या देखिएको छ । फेरी अप्रेसन गर्ने पैसा छैन । श्रीमतिको जीवन बचाउन अव सहयोग माग्नुको विकल्प छैन । तिलालाइ सहयोग गर्न चाहने सहयोगी हातहरुले आफ्नो भाररतीय मोवाईल नम्बर ७४८७९५९७८४ मा सम्पर्क गर्न सक्ने भन्दै पदमले सहयोगको याचना गरेका छन् ।

प्रकाशित मिति: ५ आश्विन २०७८, मंगलवार १४:५९