कपुरकोट ५ को सल्लाममा पहिरोले २ घर ४ गोठ बगायो, दर्जन बढी घर उच्च जोखिममा


सल्यान, २१ सल्यान ।
अविरल वर्षापछि आएको पहिरोले कपुरकोट गाउँपालिका वडा नं ५ मा एक वस्तीलाई बगाएको छ । कपुरकोट ५ स्थित सल्लाम गाउँको एउटा वस्तीमा माथिबाट पहिरो झरेको हो । पहिरोले अहिले सम्म ६ वटा घरगोठ बगाएको छ । अन्य एक दर्जन बढी घरहरु पहिरोको उच्च जोखिममा रहेको कपुरकोट ५ का वडा अध्यक्ष होमराज खड्काले जानकारी दिए । स्थानीय केशर राना र शुकलाल रानाको घरगोठ तथा विजय सिंह र गोपी बुढाको गोठ पहिरो संगै बगेको उनले जनाए । वडा अध्यक्ष खड्काका अनुसार मानवीय क्षती भने भएको छैन । घरपरिवारका मानिसहरु भागेर ज्यान जोगाउन सफल भएको उनले जानकारी दिए । घरवास बगाएर विचल्लीमा परेका उनीहरु छिमेकीकोमा बसेका छन् । जनप्रतिनिधी, प्रहरील गाएत स्थानीयहरु उद्धार तथा राहत कार्यका लागि घटनास्थलमा खटिएका छन् ।

प्रकाशित मिति: २१ आश्विन २०७९, शुक्रबार ०९:४३