
सल्यान, २३ असोज ।
सल्यानको बावियाचौरमा अविरल वर्षापछि आएको खहरेखोलाले कुटानी पिसानी मिल बगाएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा नं ८ स्थित बावियाचौरमा सिंह बहादुर कवरको मिल धपखोलामा आएको बाढीले पुरेर क्षती गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारि दिएको छ ।
बाढीले बावियाचौरमा नै नर बहादुर कवरको फोटो स्टुडियो तथा फोटोकपी सेन्टरमा समेत पूर्ण रुपले क्षति गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । उनका अनुसार बाढीका कारण बावियाचौर स्थित अस्थायी प्रहरी पोष्ट पनि जोखिममा परेको छ ।
प्रकाशित मिति: २३ आश्विन २०७९, आईतवार १६:१६