
सल्यान, २४ असोज ।
कपुरकोट गाउँपालिकाको वडा नम्बर ५ सल्लाम गाउँका पहिरो पिडित घरपरिवारलाइ नेकपा माओबादी केन्द्र कपुरकोटले राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । सोमबार पिडितहरुको वस्तिमा पुगेर चामल, दाल, नुनतेल लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको माओवादी केन्द्र कपुरकोट गाउँपालिकाका सहसचिव पवन कार्कीले जानकारी दिए । ६ बोरी चामल, १२ किलो दाल, ६ लिटर तेल, ६ किलो नुन पिडित परिवारका लागि हस्तान्तरण गरिएको उनले जनाए । यस्तै चिनी, च्युरा, जिरा, चियापत्ती, बेसार लगायतका खाद्यान्न सामग्री पनि राहत स्वरुप वितरण गरिएको सहसचिव कार्कीले जनाए ।

कपुरकोट गाउँपालिका उपाध्यक्ष तथा माओवादी केन्द्र कपुरकोटका अध्यक्ष प्रकाश भण्डारीको पहलमा पार्टीले सानो सहयोग संकलन गरेर वितरण गरिएको पार्टीले जनाएको छ । मओवादी केन्द्र कपुरकोटका इन्चार्ज प्रदिप वस्नेत, वडा नं ५ का वडाध्यक्ष होमराज खड्का, पार्टीका पालिका कमिटी उपाध्यक्ष शेर बहादुर पुन लगायतले राहत सामग्री प्रदान गर्नुभएको थियो ।
सो अवसरमा पार्टीका गाउँपालिका समिती सदस्यहरु तेजु थापा, रुद्रमाणी चापागाइ, चक्रमदन बुढा, उद्योग व्यापार महासंघ कर्णाली प्रदेशका सदस्य तुलाधर पहाडी, अनेरास्ववियु (क्रान्तिकारी) सल्यानका सहसचिव खड्ग थापा, वाइसिएल कपुरकोटका अध्यक्ष सुनिल शिरीष लगायतको पनि सहभागिता थियो । माओवादी केन्द्र कपुरकोटले २१ हजार रुपैया बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।
प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार २०:२६