आँखा शिविरमा सिम्ताका १सय बढीकाे निशुल्क मोतिबिन्दु अप्रेसन

इन्द्र बुढाथोकी
पश्चिम बनगाड,सल्यान । सुर्खेतको सिम्ता गाउपालिकाको बागेश्वरी मा वि राकममा तीन दिन देखि सन्चालन भएको मोतिविन्दु निशुल्क आँखा अप्रेसन सम्पन्न भएको छ । जनतासँग सिम्ता गाउपालिका अन्तर्गत ३ दिनसम्म सञ्चालन भएको निशुल्क आँखा शिविरमा १०९ जनाको निशुल्क मोतिबिन्दु अप्रेसन भएको छ ।अप्रेसन हुनेमा महिला ६१ र पुरूष ४८ जना रहेका छन । आँखा चेकजाँच जम्मा ५५० जनाले गरेका थिए भने १८७ जनाले चस्मा पाएका नेत्र विशिषज्ञ डाक्टर मनिष खतिवडाले जानकारी दिएका छन । अप्रेसन गरेका १०९ जनालाई चिसो बाट बच्नको लागि गाउपालिकाले कम्मल समेत वितरण गरेको थियो ।आँखा अप्रेसन गरेका सबैलाई खाना र बस्नको समेत गाउँपालिकाले व्यवस्थापन गरेको थियो।


‘सिम्ता बासि आमा, बुबा तथा विभिन्न माध्यले आखाँ गुमाएका व्यक्तीको नयाँ आँखा पाएको भन्दै गाउँपालिकालाइ धन्यवाद व्यक्त गरेका छन । गत बर्षमात्र १५५ जनाको अप्रेसन भएको थियो। साथै ३ दिनसम्म रातदिन खटेर काम गर्नुभएको सुर्खेत आखा अस्पतालका डाक्टर र अन्य कर्मचारीलाई सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले दोसल्ला अाेढाएर सम्मान गरेर बिदाइ गरेका छन ।

कार्यक्रमको अध्यक्षता सामाजिक विकास समितका संयोजक टेकनारायण विकको रहेको थियो । भने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही, रेडक्रस शाखा सुर्खेतका सभापति लिलाराम सुवेदी, आँखा अस्पताल सुर्खेतका मेडिकल डाइरेक्टर शाक्ति प्रसाद सुवेदी वडा अध्यक्षहरुको लगाएत स्थानिय बासिहरुको उपस्थिति रहेको थियो ।गाउँपालिकाको आयोजना, रेडक्रस सोसाईटी आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाईटी उपशाखा राकम तथा जुरेस र युरेस बागेश्वरी मावि राकमको सहयोगमा शिविर  सम्पन्न भएको हाे ।

प्रकाशित मिति: २० पुष २०७६, आईतवार १८:०७