जनयुद्ध कम्पनी कमान्डरद्वारा विद्यालयलाइ १ लाख बराबरको सहयोग

(पश्चिम बनगाड) सल्यान – जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका वडा न ५ खैरागाराका ज्ञान बहादुर बाठा (विशाल) ले आफुले शिक्षा हासिल गरेको विद्यालयलाइ एक लाख रकम बराबरको सोलार सेट सहयोग हस्तान्तरण गरेका छन । श्री भगवती आधारभुत विद्यालय खैरागारमा रहेकाे  विद्यालयमा अाफुले शिक्षा हासिल गरेको र अहिले यहि विद्यालयमा अध्यन गरेर अाफु शिक्षित भएकाे भन्दै सहयाेग हस्तान्तरणा गरेकाे उनले बताए ।

उनले विद्यालयलाइ ४ सय वाटको सोलार सेट र २ सय एम्पिएरको व्याट्री हस्तान्तरण गरेका छन् । आफ्नाे दिदी जमुना बिक मार्फत विद्यालयका प्रधानाध्यापक चन्द्रा घर्तिलाइ हस्तान्तरण गरेकाे उनले बताए । जनयुद्ध समयमा कम्पनी कमान्ड भैसकेको विशाल घाइते तथा सहिद परिवारका सदस्य समेत हुन ।

बाठा अहिले दाङ जिल्लामा बस्दै आएका छन्।  विद्यालयका प्रधानाध्यापक घर्तीले अहिलेको सञ्चार तथा प्रविधिको युगमा  अाफ्नाे विद्यालयमा अध्यनरत विद्यार्थीले साेलार सेट वितरणा गरेकाेमा धन्यवाद ज्ञापन गरेका छन् । उनले अाफुले अध्यन गरेकाे विद्यालयलाइ सहयाेग गर्ने यस्ता छात्रछात्राहरूकाे उज्वल भविश्यकाे कामना गरे । अाफ्नाे विद्यालयमा कम्प्युटर र थप साेलार सेटकाे अावश्यकता रहेकाे बताउँदै प्रअ घर्तीले अझैपनि विद्यालयलाइ सहयाेग गर्न चाहने  सहयोगी हातहरुलाइ हार्दिक अनुरोध गरेका छन् ।

प्रकाशित मिति: २० पुष २०७६, आईतवार १८:३०