
सल्यान – सल्यानमा भिरबाट लडेर एकै वडाका दुइ जनाको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिकाको वडा नम्बर ४को छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर दुइजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
शनिवार दार्मा गाउँपालिकाको वडा नम्बर ४ मसिने निवासी अन्दाजी ५५ बर्षिय दल बहादुर बोहराको भिर बाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । मृतक बोहराको लाखुरे डाँडाको भित्री सडक खण्डको भिरबाट लडेर मृत्यु भएको डिएसपी खतिवडाले बताए । बोहराको शव करिब १५ मिटर तल भेटिएको थियो ।
अत्यधिक मदिरा सेवन गरेका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बोहराको शवको पोष्टमार्टम जिल्ला अस्पताल सल्यानमा गरिएको छ । यस्तै दार्मा गाउँपालिका वडा नम्बर ४ सर्सुखोला निवासी २४ बर्षिय गणेश रावतको पनि भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार देखी हराएका उनको खोजी गर्दा शनीबार मात्रै भैँसी टाकुरी भिरमा शव फेला परेको थियो । परिवारका अनुसार रावतले प्राय मदिरा सेवन गर्ने गरेकाले मदिरा सेवनकै कारण भिर बाट लडेरे मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनको शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।
प्रकाशित मिति: २६ पुष २०७६, शनिबार २०:२७