आगलागीबाट घर जलेर नष्ट

सल्यान, २७ पुस।सल्यानमा एक घरमा आगलागी हुदा घर जलेर नष्ट भएकाे छ । आगलागी १ लाख ५० हजार बरावरको क्षति भएको छ । बन्गाड कुपिण्डे नगरपालिका वडा नं. १० निवासी चन्द्र वहादुर बुढाको घरमा आइतबार आगलागी हुदा घरमा भएको लत्ता कपडा, अन्नपात जलेर नष्ट भएको पिडित चन्द्र वहादुर बुढाले जानकारी दिनुभयो । आगलागीमा कुनै मानविय क्षति नभएको भएपनि घर पुर्ण रुपमा नष्ट भएकोले परिवारको विचल्ली भएको छ ।

स्थानीयहरुले आगो नियन्त्रणमा लिएपनि घरमा बस्ने अवस्था नभएको पिडित बुढाले बताउनुभयो । उहाँले भन्नुभयाे–“आर्थिक अवस्था कमजाेर छ, भएको घर पनि जलेर खरानी भयो अव सहयोगका लागि सवैसंग अनुरोध गर्नुको बिकल्प छैन सवैले सहयोग गरिदिनुस ।”

आगलागीबाट घर जलेर पीडित बनेका बुढाले सहयाेगका लागि अनुराेध गर्नुभएकाे छ ।

प्रकाशित मिति: २७ पुष २०७६, आईतवार १७:०२