
सल्यान २७ पौष। सुर्खेतको सिम्ता गाउँपालिकामा उपाध्यक्ष कोसेली कार्यक्रम लागू भएको छ ।
“जनतासंग सिम्ता गाउँपालिका अन्तर्गत” २०७६ साल साउनदेखि सुत्केरी भएका आमाहरूलाई वडा न ४ को स्वास्थ्य चौँकी बजेडीचौर र वडा नं. ३ आग्रीगाँउमा प्रसुति भएका ४० जना सुत्केरी आमा र बच्चालाई उपाध्यक्ष कोसेली वितरण गरिएको छ। आमा र नवजात शिशुको स्वास्थ्य र पोषणमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको उपाध्यक्ष चन्द्रकला शाहिले बताउनु भयो । कोसेली कार्यक्रममा उपाध्यक्ष शाही वडाअध्यक्ष नहकुल बुढा र भिम बहादुर रावत लगाएको उपस्थिति रहेको थियो ।
केही समय अगाडि राकम स्वास्थ्य चौकीबाट ८० जना आमाहरुलाई पनि कोसेली वितरण गरिएको थियो ।
प्रकाशित मिति: २७ पुष २०७६, आईतवार १८:३८