सिम्ता गाउँपालिकाकाे हिउँदे अधिवेशन शुरु

सुर्खेत – अार्थिक , सामाजिक, सस्थागत विकासको लागि पुर्वधार सुशासनयुक्त समृद्ध सिम्ता गाउपालिकाको आधार भन्ने मुल नाराको साथ सुर्खेतको सिम्ता गाउपालिकाकाे अा व २०७६/०७७ सालकाे हिउँदे अधिवेशन शुरू भएको छ। हिउँदे अधिवेशन गाउपालिका अध्यक्ष कविन्द्र कुमार केसि र उपाध्यक्ष चन्द्रकला शाहिले सयुक्त रूपमा पानसमा बत्ती बालेर सभाकाे उद्घाटन गर्नुभएको थियो । गाउपालिका भित्र अहिलेसम्म भएका विकास निर्माणका काम तथा अन्य बजेट खर्च लगाएत समिक्षात्मक प्रगति प्रतिबेदन अध्यक्ष केसिले प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन पेश गर्दै अध्यक्ष केसिले विकास निर्माण तथा बजेट खर्च ३४ % भैसकेको समेत बताउनु भएको छ । हिउँदे अधिवेशनको माघ २० गते पुन सुरु हुने गरि आज उद्घाटन शत्र समापन भएको छ ।

कार्यक्रममा नेकपा पार्टी प्रतिनिधि झुप बहादुर बुढामगर नेपाली काङ्ग्रेस पार्टी प्रतिनिधि राजेन्द्र सिह ठकुरी लगाएत अतिथिले सभाको शुभकामना दिएका थिए । गाउपालिका उपाध्यक्ष चन्द्रकला शाहीको स्वागत मन्तव्य बाट सुरु भएको सभाकाे अध्यक्षता गापा अध्यक्ष कविन्द्र कुमार केसीले र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत जनक बहादुर हमालले गर्नुभएको थियो ।

प्रकाशित मिति: १२ माघ २०७६, आईतवार १८:३९