मावी च्युराको भवन शिलान्यास तथा अभिभावक भेला मन्त्री ज्वाला द्धारा उद्घाटन

 सल्यानको  पश्चिम क्षेत्र बनगाड कुपिण्डे नगरपालिकामा  एक मात्र प्राविधिक शिक्षा सन्चालन भएको बिध्यालय श्री  त्रिभुवन जनता मावी शंखपिपल च्युराको भवन शिलान्यास गरिएकाे छ । साे अवसरमा प्राविधिक धारको प्रयोगशाला तथा अभिभावक भेला समेत उद्घाटन भएको छ । भवन उद्घाटन आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ३ कोठे भवन, प्रदेश साँसद तथा नेकपा कर्णाली प्रदेश प्रमुख सचेतक गुलावजङ शाहले २ कोठे भवन तथा बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुनले ( आइसिटी ल्याव)को प्राविधिक धारको प्रयोगशाला उद्घाटन गर्नु भयाे ।
प्रमुख अतिथि अर्थ मन्त्री प्रकाश ज्वालाले बिध्यालयमा जुन सुकै सहयोग गर्न तयार रहेको बताउनु भएको छ । पुर्व प्रअ समेत रहेका ज्वालाले आफुहरुले बिध्यालय स्थापना गर्दा गाउँ गाउमा गएर सहयोग उठाएर बिध्यालय स्थापन गरेको र आफ्नो यो बिध्यलयमा नजिकको नाता रहेको बताउनु भएको छ । अहिले युग भनेको प्राबिधिक शिक्षाको युग भएको र त्यसको लागि अन्य प्राबिधिक धार ल्याउन तयार हुन आफू त्यसको लागि सहयोग गर्न तयार रहेको बताउनु भएको छ । शिक्षक भनेको पढाउने मात्र नभएर समाज सेवा गर्ने भएकोले त्यता तिर ध्यान दिन आग्रह गर्नु भएको छ । जनप्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थी सबै मिलेर गयौ भने हाम्रो शिक्षा सुधार हुने र देशको विभिन्न ठाउँ बाट पढन आउने बताउनु भएको छ । बनगाडमा नेतृत्व भए देखि विकासका लागि आवश्यक थुप्रै बजेट छुट्याएको समेत मन्त्री ज्वालाले बताउनु भएको छ ।
यस क्षेत्रको नमुना विद्यालयलाइ नमुना बनाउन सकिने बताएका छन शिक्षकले मात्र बिध्यालयले मात्र हुदैन , राजनीति कर्मी, जनप्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थी सबैमिलेर कमजोरीहरुलाइ पता लगाए त्यसको निरुत्साहित गरियो भने मात्र पश्चिम सल्यानको शिक्षा क्षेत्र सुधार गर्न सकिने सासद शाहले बताउनु भएको छ । यश क्षेत्रको बनगाड पहिचान नाच बाट दिएको छ पढाईको क्षेत्रलाई पनि बनगाड पहिचानका साथ अगाडि बढाउन सकिने बताउनु भएको छ । नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक समेत रहेका शाहले पन्चायत काल देखि हिडेरहेको बाटो सल्ली चौरजाहारी सडक स्तर उन्नति हुन नसकेकोमा दुख व्यक्त गर्दै अब छिटै स्तर उन्नति गर्ने पहल गर्ने र अब दैनिक यात्र गर्नु यात्रुले गाली गर्नु अवस्था हटने बताउनु भएको बताउनु छ । नेकपाको सबै नेतृत्व बनगाडमा भए पनि आफुहरुले सोछे अनुसार विकासमा गर्न नसकेको बताउनु भएको छ ।
बनगाड कुपिण्डे नगरपालिका मेयर गोविन्द कुमार पुनले आफुले आफ्नो नगर भित्रको बिकासको हल पल लागि रहेको बताउनु भएको छ । विकास निर्माणका लागि नगरपालिका देखि प्रदेश सरकार र केन्द्र सरकार सङ्ग पनि पहल गरि रहेको बताउनु भएको छ । नेकपा जिल्ला अध्यक्ष समेत रहेको मेयर पुने बिधुत निर्माणका कामहरू भैरहेको अब छिटै यश ठाउँमा बति बल्ने समेत जानकारी दिनु भएको छ ।
कार्यक्रममा निर्माण व्यवसायी ५ न प्रदेश महासचिव प्रकाश शाहले आफ्नो स्वर्गीय मातापिता नाममा २ लाखको अक्षयकोष स्थापन गर्नु भएको छ । स्वर्गीय बुबा इन्द्र बहादुर शाह र आमा मेघ कुमारी शाहको नाम बाट गरिव जेहेन्दार आर्थिक अवस्था कमजोर भएको विद्यार्थीलाई पढाइमा सहयोग हुने उदेश्यले आफू पढेको बिध्यालय तथा आफ्नो बुवाले सहयोग गरेको स्कुल भएको कारण यश स्कुल बाट पहिला आफुले आर्थिक अवस्था कमजोर भएर पढन नसकेको त्यसकारण अब कुनै गरिब जेहेन्दार विद्यार्थीलाई सहयोग हुने बताउनु भएको छ ।
कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला , नेकपा कर्णाली प्रदेश प्रमुख सचेतक तथा सासद गुलावजङ साह, बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुन, नेकपा जिल्ला सचीव कर्ण बहादुर बुढाथोकी, कर्णाली प्रदेशका मुख्यमन्त्रीका राजनीति सल्लाहकार भिम प्रकाश शर्मा , नगर उप प्रमुख मन्जु यरि, राष्ट्रिय परीक्षा बोर्डका कर्णाली प्रदेश प्रमुख जित बहादुर शाह, वडा अध्यक्षहरु , नेकपा नगर अध्यक्ष किर्ती बहादुर राना, सचीव गन्जमान बुढा , नेपाली काङ्ग्रेस नगर सभापति टोप बहादुर भण्डारी, दिपेन्द्र बिष्ट ,राप्रपा नगर अध्यक्ष डिल्ली बहादुर राना, बनगाड क्याम्पस प्रमुख गणेश चन्द , निर्माण व्यवसायी प्रदेश ५ का महासचिव प्रकाश शाह, बिध्यालयका प्र अ लगाएतले अभिभावक भेलाको सफलताको शुभकामना व्यक्त गरेका छन कार्यक्रममा विद्यार्थी अभिभावक लगाएको उपस्थिति रहेको थियो ।
यस विध्यालयलाइ जिल्लाकै नमुना बिध्यालय बनाउने उदेश्य रहेको प्राध्यापक गुमान सिह बिष्टले बताउनु भएको छ । जम्मा ९ सय ९८ विद्यार्थी रहेको छन २०३२ सालमा स्थापन भएको बिध्यालय ४४ वर्ष पार गरि ४५ वर्षमा प्रवेश गरेको छ । बिध्यालयको आगामी वर्षको कार्ययोजना आर्थिक वर्ष २०७६/०७७ अनुमानित बजेट र आर्थिक वर्ष २०७५/०७६ को आय व्यय समेत प्रस्तुत गर्नु भएको थियो । उक्त बिध्यालयमा अहिले कृषि बाली बिज्ञान र आइसिटी ल्याव सहित शिक्षाको पढाइ भैरहेको जानकारी दिनु भएको छ । शिक्षक पुर्ण बहादुर जैसि स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको अध्यक्षता वि व्यस अध्यक्ष हरिलाल बिष्टले गर्नु भएको कार्यक्रमको सन्चालन शिक्षक बिरेन्द्र शाहिले गर्नु भएको थियो ।

प्रकाशित मिति: १४ माघ २०७६, मंगलवार १७:५७