रुकुम पश्चिममा वडा कार्यलय जलायको जिम्मा विप्लव समुहले लियाे

 प्रचण्ड खत्री। (रुकुम पश्चिम् ) रुकुम पश्चिमका दुईवटा वडा कार्यालयमा आगजनी गरेर क्षति गरेको घटनामा प्रतिवन्धित बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिम्मा लिएको छ। जिल्ला समितिले मंगलबार एक विज्ञप्ती निकाल्दै आठबीसकोट नगरपालिका–१० र बाँफिकोट गाउँपालिका–९ को वडा कार्यालयको सामग्री जनताले जलाएको र त्यसप्रति पार्टीले पूर्ण जिम्मा लिने बताएको छ । जिल्ला सेक्रेटरी मञ्जित कामीले निकालेको विज्ञप्तीमा आठबीसकोट नगरपालिकामा रहेको एनसेलको टावर, सल्यान रुकुम पश्चिममा रहेको एनसेल टावरमा पनि जनताले आक्रमण गरेको भन्दै त्यसको जिम्मा पनि आफ्नै पार्टीले लिने बताउनु भएकाे  छ।

विज्ञप्तीमार्फत आगामी दिनमा सरकारी तथा गैरसरकारी, लघु वित्तिय संघ संस्थाका कार्यालय व्यक्तिको घरमा नराख्न पनि चेतावनी समेत दिइएको छ । पछिल्लो समय जनप्रतिनिधि आफू शासक भएर जनतालाई दासजस्तो व्यवहार गरिरहेको आरोप उसले लगाएको छ । गत पुस ८ गते आठबीसकोट नगरपालिका–१० को वडा कार्यालयका सामान कार्यालय बाहिर ल्याएर जलाइएको थियो भने माघ १२ गते राति बाँफिकोट गाउँपालिका–९ को कार्यालयका सामग्री कार्यालय बाहिर ल्याएर जलाइएको थियो । यी दुवै वडा कार्यालयहरु सर्वसाधारणको घरमा राखिएको छ । बाँफिकोट गाउँपालिका–९ का अध्यक्ष कविराम खत्री सत्तारुढ दल नेपाल कम्निस्ठ पार्टी नेकपा बाफिकोट गाउँपालिका अध्यक्ष समेत हुनुहुन्छ ।

प्रकाशित मिति: १४ माघ २०७६, मंगलवार १९:२६