दुर्गम गाउँमा किबी खेतीबाट मासिक डेढलाख आम्दानी

 प्रचण्ड खत्री (रुकुम पश्चिम् ) जिल्लाकाे एक दुर्गम गाउँमा किबी खेतीबाट मासिक डेढलाख आम्दानी  हुने गरेकाे छ । रुकुम पश्चिम् बाफिकोट गाउँपालिका वडा नम्बर ६ जिप्सीङका ३८ बर्सिय सिताराम शाहिले किबि खेतीबाट मासिक १ लाख ५० हजार आम्दानी गर्दै आउनु भएको छ । उहाँले यहीँ खर्चबाट छोराछोरीलाई टेक्निकल लाईन र आफू २ जनालाई खर्च टार्दै आउनुभएको छ । सबै खर्च कटायर मासिक उहाँको ९० हजार वचत हुने गरेको उहाँले बताउनुभयाे ।

२०७० सालमा उहाँले ईलाम , काभ्रे र रामेछापबाट किबिका बेर्ना ल्याई किवी खेती शुरु गर्नुभएकाे थियाे। सुरुमा  किबि ईलाम र काभ्रेबाट , पाउलोनिया काभ्रेबाट , १ लाख ५० हजारका बेर्ना ल्याई आफ्नै बारीमा लगाउनुभयको थियो ।  ५ हजार किबिका बेर्नाबाट शुरु गरेको ब्यबसाय अहिले फस्टाउदै गयको छ । उहाँले आफ्नै बारिबाट किबि प्रतिकिलाे २५० देखि  ३०० रुपैयाँमा बेचिरहेको बताउनुहुन्छ ।

थोरै किबि गाउँमा बिग्री हुने भयकाले त्यसको निर्यात राजधानी काठमाडौ देखि लियर बिदेशसम्म हुने गरेकाे  उहाँले बताउनुभयाे । मलेसियामा ६ बर्स बसेर फर्केपछि गाउँमा केही गर्नु पर्छ भनेर उहाँले किबि खेती शुरु गरेको अनुभव सुनाउनुहुन्छ ।  अहिले उहाँले ११ रोपनि जग्गामा किबि खेती गर्नुभएको छ । साथै शाहीले मौरी पालन , कुखुरा पालन , माछा पालन समेत गर्नुभयको छ ।

शाहिलाई अहिले सम्म सरकारी र गैरसरकारी संस्थाबाट सहयोग प्राप्त नभएको बताउनुहुन्छ । साथै शाहिको सिको गर्दै गाउँका ५० जना युबाले किबि खेती गरेका छन । उनिहरुले कृषि बिकास मन्त्रालयबाट kb ब्लकको ५२ लाखको लगानीमा ब्यबसाय गरेका हुन । अबको तीन बर्समा जिप्सीङ गाउँनै किबिमय गाउँ हुने छ ।

प्रकाशित मिति: १६ माघ २०७६, बिहीबार १६:२७