कभर खबर

  • १ फाल्गुन २०७६, बिहीबार २१:५९

कुपिण्डे महाेत्सवमा अर्गानिक खानाबाट पाहुनाकाे स्वागत (यस्ताे देखियाे कुपिण्डे महाेत्सव)

इन्द्र बुढाथाेकी – कर्णाली प्रदेशको रारा पछिकोे दोस्रो तालको रुपमा चिनिने कुपिण्डेतालमा कुपिण्डे महोत्सव आज सम्पन्न भएको छ । नेपाल सरकारले नेपालका एक सय पर्यटकीय क्षेत्र मध्य कुपिण्डे ताल एक हो ।

बनगाड कुपिण्डे नगरपालिकामा रहेको कुपिण्डेतालमा ‘घुम्न आएका अतिथिलाइ सम्मान भ्रमण वर्ष २०२० को साँझ आव्हान’भने मुल नाराका साथ नेपाल भ्रमण वर्ष २०२० भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै महोत्सव सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले सल्यान जिल्ला कृषिका हिसाबले अत्यन्तै सम्भावना बोकेको जिल्ला भएकाले आर्थिकमा राम्रो सम्भावना बोकेको जिल्ला भउको बताउनुभयो । उहाँले कुपिण्डे ताललाइ आर्थिक उत्पादन सङ्ग जोडन सकिन बताउनुभयो ।

कुपिण्डेको विकास लागि गुरु योजाना बनाएर प्रदेश सरकारले विकासमा सहयोग गर्ने उहाँले प्रतिबद्दता व्यक्त गर्नु भएको छ ।केही मात्रामा यस आसपासको वातावरण विगरिएको र पदूषण भएकोले त्यसलाइ हटाएर प्राकृतिक सुन्दरता कायम राख्न उहाँले आग्रह गर्नुभयो । त्यसको लागि प्रदेश सरकारले बजेटक व्यवस्थापन गर्ने उहाँले बताउनु भयो ।

अब आउने पर्यटनको लागि कर लिने व्यवस्था गरि केही युवालाई रोजगारी प्रदान हुने र ताल आसपास प्लास्टिक ल्याउन रोक लगाउन समेत उहाँले आग्रह गर्नुभयो । यश क्षेत्रमा पुजापाठ गर्ने बाहेक अन्य कामको लागि ताल नजिकै व्यवस्था गर्ने स्थानीय सरकारलाई आग्रह गर्नुभयो । विकासका लागि आवश्यक बजेट व्यवस्थापन गरिदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सल्यान जिल्ला भाग्यमानी जिल्ला भएको बताउँदै उहाँले अबको दस वर्षमा सल्यानले अर्कै मोड लिने बताउनुभयो । उहाँले कर्णालीमा खनिएका सम्पुर्ण सडक पिच हुने बताउनुभयो । तिन तहबाट प्राप्त रकमको दुरुपयोग नगरि अब विकास बजेटबाट राम्रो सङ्ग काम गर्नु पर्नेमा उहाँको जोड थियो ।उहाँले केन्द्र र प्रदेश बजेटले सडक स्तर वृद्धि गरि काम गर्ने बताउनुभयो ।

आफ्नो जिम्मा परेको कामको तुरुन्तै काम गरेर देखाउने प्रतिबद्धता समेत उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमलाइ सम्बोधन गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बनगाडको विकासको लागि प्रदेश सरकार र स्थानीय तहले मिलेर विकासको विभाजन गरि विकास गर्ने बताउनु भएको छ । यसको डिपिआर गरि खानेपानी देखि वृक्षरोपण गरिन आवश्यक रहेको बताउँदै उहाँले यस क्षेत्रलाइ प्राकृतिक सुन्दरताले भरिपुर्ण बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको विकास गरेर केही जनताको आय आर्जनको बाटो खुल्ने बताउनुभयो ।

 उहाँले आफुपनि यहाँको स्थानीय भएको नाताले र आप्mनो निर्वाचन क्षेत्र भएका कारणले पनि विकासमा लागि पर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । पुर्व सामान्य प्रशासन मन्त्री तथा सल्यान प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले विकासका नाममा कुपिण्डे ताल हराउने हो कि भन्ने चिन्ता आफुलाइ लागेको बताउनुभयो । केही वर्ष अगाडि आफु यस क्षेत्रमा आउदा अझै धेरै ठूलो रहेको र अहिले पुरिदै गएको ले त्यता तिर ध्यानाकर्षण भएको बताउनुभयो । अहिले ताल दुर्गन्धित हुंदै जान थालेको भन्दे उहाँले यसलाई सफा राख्न स्थानीय सरकार लाग्नुपर्ने आग्रह गर्नुभयो । बनगाड कुपिण्डे नगरपालिका ताल सङ्गै यहाँको सास्कृतिक लाइ पनि बचाइ राख्न उहाँको भनाइ थियो । यस तालको विकासका लागि नगरपालिकाले गुरुयोजना बनाएर आफुलाइ पेश गर्न आग्रह गर्नुभयो ।

कर्णाली प्रदेश सभा सदस्य गुलाबजङ शाहले बनगाड साँस्कृती र कुपिण्डे धरोहर भएकाले त्यसको रुपामा बनगाड कुपिण्डे नगरपालिका नामाकरण गरिको बताउनुभयो । पछिल्लो समय यस तालमा आन्तरिक तथा बाहय पर्यटक आउने क्रम बढ्दै गएकाले यस्को विकास पनि तिव्र गतिमा शुरुवात गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले यातायात सन्चार, बिधुतको क्षेत्रमा अझै पछाडी रहेको यस क्षेत्रको लागी यहाँको विकास गर्न लागि परेको बताउनु भयो ।

कार्यक्रमको अध्यक्षताको आसन बाट बोल्दै नगर प्रमुख गोविन्द कुमार पुनले कार्यक्रममा सबैलाई धन्यवाद दिनुको साथै सबैले दिएको सल्लाह सुझावलाई आफुले मनन गरेर तालको विकासमा लाग्ने प्रतिबद्दता व्यक्त गर्नु भएको छ । उहाँले डिपिआर विकासको योजना अनुसार आफुले विकास गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख केश बहादुर बिष्ट, उप प्रमुख हरि प्रकाश बुढाथोकी, नेकपा जिल्ला पार्टी सचीव कर्ण बहादुर बुढाथोकी, प्रमुख जिल्ला अधिकारी शिवराज पोख्रेल,बागचौर नगरपालिका उपप्रमुख कल्पना पुन, कपुरकोट गाउपालिका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष तिला बुढामगर, कुमाख गाउपालिका अध्यक्ष दिलमाया बुढा, शिद्धकुमाखा गाउपालिका उपाध्यक्ष पुष्पा बोहरा, त्रीवेणिका अध्यक्ष मान बहादुर डाङ्गी, उपाध्यक्ष करुवा खडका , सुर्खेत सिम्तागाउपालिका अध्यक्ष कविन्द्र कुमार केसि, अनेरास्ववियु केन्द्रीय अध्यक्ष रमेश मल्ल लगाएले कुपिण्डेको विकासका बारेमा बोल्नु भएको थियो ।

यहाँ बोल्ने वक्ताहरुले अब स्थानीय निकायले आ आफ्नो ठाउँमा पर्यटन विकासको गर्नुको साथै कुपिण्डे तालको बिकास गर्ने र तालको बिकास गर्न खाना बस्न लगाएत सुचना सन्चारको विकास गर्न आग्रह गरेका छन । महोत्सवमा अर्गानिक खानाको समेत व्यवस्थापन, स्थानीय झाक्री देखाइएको थियो । उपमेयर मञ्जु यरीको स्वागत मन्तव्य बाट शुरु भउको कार्यक्रमको सन्चालन प्रमुख प्रशासकीय अधिकृत मोहन खडकले गर्नु भएको थियो ।

तस्विरमाः रमेशकुमार वली/शंकर केसी

प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहीबार २१:५९