शिक्षाले समाजलाई सभ्य बनाउछ ; अध्यक्ष केसी

सल्यान – सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले शिक्षाले समाजलाई सभ्य बनाउने बताएका छन् । सभ्य र समृद्ध समाजका लागी गुणस्तरिय शिक्षामा जोड दिदै उनले यसका लागी विद्यार्थी अतिरिक्त क्रियाकलापमा पनि सहभागी बन्नुपर्ने बताए ।

शनिबार आयोजित अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगितामा अध्यक्ष केसीले सिम्ता गाउँपालिकाले शिक्षा क्षेत्र र विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्न वजेट विनियोजन गरेको र अहिले कार्यन्वय भैरहेको बताए ।

सिम्ता गाउपालिकोको आर्थिक सहयोग, शिक्षक महासंघ सिम्ताको आयोजनामा र शिक्षा शाखा सिम्ताको समन्वयमा प्रतियोगिता सम्पन्न भएको हो । विभिन्न चरण अन्तर्गत शनिबार अन्तिम दिन कक्षा ६ रदेखी ८ सम्म १५ विद्यालयहरुजीच हाजिरीजवाफ प्रतियोगिता भएको थियो । यस्तै कक्षा ९ र १० का लागि समृद्ध सिम्ता सुखी सिम्ताली भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

हाजिरीजवाफमा नेपाल राष्ट्रिय आधाभुत विद्यालय साहुखोला प्रथम, दोस्रोमा नेपाल राष्ट्रिय आधारभुत विद्यालय झ्याम र तेस्रोमा जनकल्याण मावि काप्रेचौर रहेको शिक्षक महासंघ सिम्ता सुर्खेतका अध्यक्ष टोपवहादुर खत्रीले जानकारि दिए । यस्तै वक्तृत्वकलामा प्रथम मावि वजेडा आलि कि सम्झना महतारा, दोस्रो सरस्वती मावि काँरा कि ममता खत्री र तेस्रोमा मावि वजेडा चौर की प्रवीणता शर्मा भएका छन् । प्रतियोगिता विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियोे ।

कार्यक्रममा सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, ९ वटै वडाका वडाध्यक्षहरु, शिक्षक महासंघ कर्णाली प्रदेशका नन्दराम गुरुङ, महासंघ जिल्लाका मानवहादुर अधिकारी, शिक्षक महासघ गुर्भाकोटका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन गुर्भाकोटका अध्यक्ष ललित आरसी, शिक्षा शाखा प्रमुख सुर्यवहादुर सिंह, समाजिक शाखा संयोजक टेकबहादुर विक, महिला तथा वालवालिका शाखा सिम्ता की सुनिता थापा, नेकपाका जिल्ला सदस्य ऐनवहादुर चन्द, नेपाली कांग्रेस पार्टी प्रतिनिधि चेतवहादुर रेग्मी लगाएतको उपस्थिति रहेको थियोे । कार्यक्रमको सहजीकरण गगन सिह ठकुरीले गरेका थिए ।

प्रकाशित मिति: ३ फाल्गुन २०७६, शनिबार १९:४६