
सल्यान – कपुरकोटका सबै स्वास्थ्य चौकीहरुमा व्यवस्थापन समिति पुनर्गठन गरिएको छ । साथै पुनर्गठीत समितीका पदाधिकारिहरुलाई क्षमता अभिमुखीकरण पनि गरिएको छ । गाउँपालिकाले भर्खरै पारित गरेको स्वास्थ्य सेवा ऐनको ब्यवस्था अनुसार ४ वटा स्वास्थ्य चौकीमा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिती पुनर्गठन गरिएको स्वास्थ्य शाखाका संयोजक अरुण दाहालले जानकारि दिए ।
समितीको संरक्षकमा गाउँपालिका अध्यक्ष र व्यवस्थापक समितिको अध्यक्षमा सम्बन्धीत वडाका वडा अध्यक्ष रहेका छन् । यस्तै उपाध्यक्षमा निर्वाचीत महिला सदस्य, सदस्यहरुमा सम्बन्धीत क्षेत्रको विद्यालयको महिला शिक्षीका, स्थानीय व्यापारि मध्येबाट एक, स्वयमसेविकाबाट एक, सम्बन्धीत वडा सचिव एक र स्वास्थ्य चौकी प्रमुख सदस्य सचिवको रहेका छन् । आमन्त्रीत सदस्यहरुमा दलित जनजातिबाट १ जना, अपांग, अशक्त वा जेष्ठ नागरिकहरु मध्येबाट १ जना र किशोरकिशोरीहरुको तर्फबाट १ जना रहने ब्यवस्था छ ।
पुनर्गठीत समितीका पदाधिकारिहरुलाई समितीको काम कर्तव्य तथा अधिकारका बारेमा अभिमुखिकरण गरिएको स्वास्थ्य शाखा संयोजक दाहालले जनाए । गाउँपालिका भित्रका ४ वटै स्वास्थ्य संस्थाहरुमा दुई दुई दिनको अभिमुखिकरण संचालन गरिएको थियो ।
प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहीबार १६:४४