कभर खबर

  • ९ फाल्गुन २०७६, शुक्रबार १७:३१

यातायात क्षेत्रका दर्जन बढि सम्भावित घटना रोक्न सल्यान प्रहरीको अर्को पाइलाः सुरक्षित यात्राको लागि “एक सवारी साधन एक स्टिकर’’अभियान

सल्यान – सल्यान प्रहरीले सुरक्षित यात्राको लागी भन्दै “एक सवारी साधन एक स्टिकर’’ अभियान शुरु गरेको छ । समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालयकोले छत्रेश्वरी गाउपालिकासँगको सहकार्यमा यात्रुबाहक सवारी साधनमा “सुरक्षित यात्राको लागि एक सवारी साधन एक स्टिकर’’ अभियान शुरु गरेको हो । जस अन्तर्गत सम्पुर्ण सवारी साधनमा स्टिकर टाँस गर्ने अभियान सुरुवात गरिएको छ ।

छत्रेश्वरी गाउपालिकाका अध्यक्ष सन्तोष के।सी।, सल्यानका प्रहरी प्रमुख डियसपी ढकेन्द्र खतिवडा, उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बिर बहादुर चलाउने, बिभिन्न यातायात ब्यबसायी संघका पदाधिकारीहरु, चालक तथा सह( चालक, जि।ट्रा।प्र।का। सल्यानका प्रमुख तथा पत्रकार समेतको उपस्थितिमा शुक्रबार देखि अभियान थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शारदा नगरपालिका वडा नं। १ श्रीनगर स्थित बसपार्कबाट अभियान शुरु गर्दै प्रहरीले सवारीसाधनमा महिलामाथि यौनहिंसा, दुर्ब्यबहार भएमा, चालकरसह चालकले मा।प।से। गरेमा, अभद्र ब्यबहार गरेमा, बढि भाडा लिएमा, क्षमता भन्दा बढि यात्रु बोकेमा, सहचालकले सवारी चलाएमा, चालकले लापरबाही गरेमा, लामो दुरीमा एकै जना चालकले मात्र सवारी चलाएमा, आरक्षण सिटको कार्यान्वयन नगरेमा तथा कुनै पनि ट्राफिक नियम उलंघन गरेमा जानकारी गराउन अनुरोध गरेको छ ।

यसैगरी चेकजाँचको क्रममा प्रहरीले दुर्ब्यबहार गरेमा, संकास्पद ब्यक्तीहरु वा बस्तु फेलापरेमा स्टिकरमा लेखिएको आफुलाई पायक पर्ने नजिकको प्रहरी युनिटलाई खबर गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

स्टिकर सल्यान जिल्लामा चल्ने सम्पुर्ण साना ठुला सबै यात्रुबहाक सवारी साधनमा टाँसिने लक्ष्य लिईएको र यात्रुहरुको सुरक्षित यात्राका लागि यो अभियान संचालन गरिएको प्रहरी प्रमुख खतिवडाले बताउनुभयो । यस अभियानबाट सास्तिपुर्ण यात्रा भोगिरहेका यात्रु प्रत्यक्ष लाभान्वित हुने र यातायातका साधनमा हुने अपराध न्युनिकरणमा सहयोग पुग्ने विश्वास प्रहरीले लिएको छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०७६, शुक्रबार १७:३१