
प्रचण्ड खत्री
रुकुम पुर्व – रुकुम पूर्वका जनप्रतिनिधीहरु र महिला स्वयंसेविकाहरुलाई फोहोर मैला व्यवस्थापन सम्बन्धी अभिमुखिकरण गरिएको छ । भुमे गाउँपालिका वडा न ७ को आर्थिक सहयोग र रुकुमेली समाज बिकास केन्द्र रुकुमको प्राबिधिक सहयोगमा खानेपानी तथा सरसफाइ कार्यक्रम अन्तरगत फोहोरमैला व्यवस्थापन सम्बन्धि वडाध्यक्ष वडा सदस्यहरु र महिला स्वयंसेविकाहरुलाई १ दिने अभिमुखिकरण गरिएको हो । फोहोरमैलाको व्यवस्थापन, विभिन्न टोलहरुमा सरसफाइकोे अवस्था, आगामी दिनमा सरसफाइको निरन्तरता लगाएतको बारेमा छलफल गरिएको वडा कार्यलयले जनाएको छ ।
भुमे गाउँपालिका वडा न ७ का वडा अध्यक्ष तथा वडा स्तरीय सरसफाइ संयोजक धनमान रोकाले निकट भबिष्यमै आफ्नो वडालाई पुर्ण सरसफाइ सुधार उन्मुख वडा घोषणा गर्ने तयारि भइरहेको जनाए । उनले यस अभियानमा लाग्न सबै सरोकारवालाहरुलाइ अनुरोध पनि गरे । सरसफाइले विभिन्न रोगबाट बचाउने र सभ्य अनी सुन्दर समाज निर्माण हुने रुकुमेली समाज बिकास केन्द्रद्वारा संचालित खानेपानी तथा सरसफाइ कार्यक्रमका वास अधिकृत संगम देबकोटाले बताए ।
प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार ११:५६