कभर खबर

  • २२ फाल्गुन २०७६, बिहीबार १६:४५

शारदा नगरमा दादुरा रुबेला खोप सम्बन्धी छलफल

सल्यान ।दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ ।
दादुरा रुबेला रोग लागे पछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताकोे उपचार गर्नु पर्दछ । यसका साथै बिरामीलाई भिटामिन ए अनिवार्य रुपमा खुवाउनु पर्दछ । यसै कुरालाइ मध्यनजर गर्दै नेपाल सरकारले दादुरा रुबेला न्युनिकरण अभियान थालेको छ ।
जस अन्तरगत जिल्लाको शारदा नगरपालिकाले बृहत बहुवर्षीय खोप योजना सम्बन्धी छलफल कार्यक्रम आज सल्यानको खलंगामा सम्पन्न गरेको छ । नगरप्रमुख शुरेस अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरका प्रत्येक वडाका वडाअध्यक्ष,नगरकार्यपालिका सदस्य,पत्रकार लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
सो अवसरमा शारदा नगर स्वास्थ्य शाखा प्रमुख विरेन्द्र हमालले नियमित खोप तथा अभियानहरुमा बालबालिकालाई दादुरा–रुबेला खोप दिईएको कारण हाल नेपालमा विगतमा भन्दा दादुरा रुबेलाको रोगीहरुको दर ९५ प्रतिशत् ले घटेको जानकारी दिनुभयो । उहाँले नगरपालिकाका सम्पुर्ण वडामा आउँदो चैत  १२ गतेसम्म ९ महिनादेखी ५ वर्षमुनिका बालबालिकालाइ खोप लगाइसक्ने जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: २२ फाल्गुन २०७६, बिहीबार १६:४५