
सल्यान । सल्यानमा दुलही लिन आएको जन्ती सवार बस आधीबाटो बाटै फिर्ता भएको छ । रोल्पाको गंगादेव गाउँपालिका बाट सल्यानको दार्मा गाउँपालिकामा दुलही लिन आएको जन्ती बेहुलाको उमेर नपुगेका कारण आधी बाटोबाटै फिर्ता भएको स्थानीयले बताएका छन् ।
दुलही लिन भनेर करिब ४५ जना सवार बस सल्यान प्रवेस गरेको र बिवाह स्थलमा नपुग्दै आधी बाटोबाटै सल्यान प्रहरीको अगुवाइमा जन्तीलाइ फिर्ता गरिएको हो ।उमेर नपुगको बिहे हुन लागेको खबर पाएपछि प्रहरीले सोधपुछ गर्दा बेहुलाको उमेर नपुगको कारण जन्तीलाइ बाटोबाटै फिर्ता गरेको जनाएको छ ।
बेहुलीको उमेर २० वर्ष पुर भइ २१मा लागेको तर बेहुलाको उमेर भने २० वर्ष पुग्न अझै तिन महिना बाँकी रहेछ,जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर लक्षमण वलीले भन्नुभयो,‘त्यसैले बाटोबाटै जन्ति बोकेको बस फर्काएका हौं ।’ उहाँले उमेर नपुगेको बिवाह भएपछि कार्वाही गर्नु भन्दा पनि पहिलेनै विवाह रोकेर ठुलो दुर्घटनाबाट रोकेको बताउनुभयो ।
बाल विवाह गरे गराएमा वा संलग्न भएको खण्डमा दुलहा,दलही सहित संलग्नलाइ समेत तीन वर्ष कैद वा ३० हजार जरिवाना अथवा दुबै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । पछिल्लो समय सल्यानमा बाल विवाह न्युनिकरण अभियान संचालन गरेको प्रहरीलाइ स्थानीय तह,मानवअधिकारकर्मी स्थानीय लगायतकाले यस अभियानलाइ सपल पार्न सहयोग गर्दै आएका छन् ।
प्रकाशित मिति: १ चैत्र २०७६, शनिबार १७:४९