आगलागीको उच्च जोखिम रहेको सल्यानमा नियन्त्रण सम्बन्धी पुर्व तैयारी शुरु

सल्यान । जिल्ला आगलागीका जोखिमा का दृष्टिकोणले अति संवेदनशील जिल्ला हो । यहाँको अधिकाँश बन सल्लैसल्लाको भएको र नजिकै बस्ती भएका कारणले पनि वर्षेनी आगलागी बाट ठुलो क्षति हुने गरेको छ । गर्मीयामको शुरुवात संगै जिल्लामा आगलागीका घटना हुन सक्ने भन्दै यस्को न्युनिकरणका लागी पुर्व तैयारी अभियान थालिएको छ ।
डिभिजन बन कार्यालय सल्यानले आज एक कार्यक्रमका बिच बन डढेलो नियन्त्रण गर्ने औजार हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानलाई बन डढेलो नियन्त्रण गर्ने बिभिन्न औजारहरु हस्तान्तरण गरेको हो । खडेरी शुरु भइ सकेकाले यस समयमा हुन सक्ने सम्भावित आगलागीलाई नियन्त्रण गर्न बिभिन्न औजार हस्तान्तरण गरिएको डिभिजन बन अधिकृत रमेश कुमार गिरीले बताउनुभयो ।


उहाँले जिल्लामा विपद जोखिम न्युनिकरण सम्बन्धी प्रचार प्रसार बाट पनि आगलागीका घटना केही कम गर्न सकिने बताउनुभयो।स्थानीय सरकार र सरोकारवालाहरुले मिलेर प्रचारप्रसारका सामाग्री मार्फत जनचेतना फैलाउने र आवश्यक विपद न्युनिकरणका सामाग्री प्रयाप्त मात्रामा उपलब्ध गराउन कार्यालयले अनुरोध गरेको छ ।
। सल्लैसल्लाको वन रहेको यहाँका अधिकाँश स्थानमा गर्मी मौसममा आगलागीका घटनाहरु हुने गर्दछन् । आगलागी बाट हुने यस्ता घटनालाइ न्युनिकरण गर्न जिल्ला स्थित सरोकारवालाहरुले आगलागी न्युनिकरण अभियानलाइ तिव्रता दिएका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख इन्सपेक्ट लक्ष्मण वलीले स्थानीय तहसंग सहकार्य गरेर आगलागी न्युनिकरणका विभिन्न योजनाहरु बनाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘आगलागीको उच्च जोखिममा रहेको यस जिल्लामा हामीले आगलागी हुन नदिनका लागी विशेष योजना बनाएर लागेका छौं ।’
जिल्लाका प्रत्येक वडा अध्यक्षमा वडा अध्यक्षको संयोजकत्वमा एकजना प्रहरीअनिर्वा रहने गरि स्थानीय युवा,महिला लगायतको सहभागितामा अग्नी नियन्त्रक समुह बनाएको उहाँले बताउनुभयो । यस समुहले आगलागी हुनै नदिनका लागी जनचेतना फैलाउने र सचेतीकरण गर्ने उहाँले बताउनुभयो ।


आगलागीबाट वर्षेनी यहाँको बन जंगल र बस्तीहरुमा समेत क्षति पुग्ने गरेको छ।गत वर्षमात्रै जिल्लामा आगलागीबाट ठुलो जनधनको क्षति भयो ।जिल्लामा आगलागी हुने कारण स्थानीयनै भएकाले सचेतनाको कार्यक्रमको पनि उत्तिकै आवश्यकता रहेको अधिकारकर्मीहरु बताउँछन् ।
यसरी आगलागी न्युनिकरण सम्बन्धी पुर्व तैयारीले यस वर्ष जिल्लामा आगलागीका घटनाहरु कम हुने अपेक्षा गरिएको अधिकारकर्मी रामचन्द्र रेग्मीले बताउनुभयो।जिल्ला वन कार्यालय,जिल्ला प्रहरी कार्यलय र स्थानीय सरकारले थालेको आगलागी नियन्त्रण सम्बन्धीको पुर्व तैयारीले आगलागी न्युनिकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ ।


डिभिजन वन कार्यालय सल्यानले जिल्ला प्रहरी कार्यालयलाइ पोशाक, जुत्ता, टर्च, साभेल, हेलमेट, ग्लोभ, मास्क, पानीको बोतल लगायतका औजारहरु हस्तान्तरण गरिएको छ । औजार हस्तान्तरण गर्दै डिभिजन बन कार्यालयका निमित्त डिभिजन बन अधिकृत गिरीले वनमा आगलागीबाट बहुमूल्य जडीबुटी, काठका साथै वन्यजन्तुको वासस्थान नष्ट हुने भएकाले यसको संरक्षणको लागी यी औजार उपयोगी हुने बताउनुभयो ।
यसैबिच डढेलो निन्त्रण गर्नको लागी वन कार्यालय र जिल्ला प्रहरी कार्यालय वीचको समन्वयमा जनचेतनामुलक करिब ५० हजार पर्चा तयार पारिएको छ । ती पर्चाहरु जिल्लाका प्रत्येक घरधुरीहरुमा टाँसिने जनाईएको छ ।

प्रकाशित मिति: २ चैत्र २०७६, आईतवार १६:०५