समयमै स्वास्थयसेवा नपाउँदा गर्भको बच्चा गुम्याे

सल्यान । रुकुम पुर्व सिस्ने गाउँपालिका –६ निवासी बल कुमारी बुढाथोकीले समयमा स्वास्थय सेवा नपाउँदा गर्भको बच्चा गुमाउनु पर्यो ।सुत्केरी व्यथा लागेपछि उहाँलाइ रुकुम जिल्ला अस्पतालमा लगियो । बच्चालाइ शल्यक्रिया गरेर निकाल्नु पर्ने अवस्था आएपछि त्यस अस्पतालमा शल्यक्रियाको सुविधा नहुँदा सल्यान अस्पताल पुर्याइयो ।
अस्पतालमा बुढाथोकीको शल्यक्रिया गरेर बच्चा निकालियो तर अस्पताल पुर्याउन ढिलाइ भएका कारण बच्चा बचाउन नसकेको सल्यान अस्पतालमा कार्यरत डाक्टर प्रदीप शर्माले बताउनुभयो ।
जटिल प्रकारका अप्रेशन गर्न सल्यान अस्पताल आउने बिरामीहरुका लागी अस्पतालमा कर्मचारी अभाव हुँदा सेवा प्रभाहमा समस्या भएको उहाँले बताउनुभयो ।
अस्पतालमा सम्पुर्ण भौतिक सामाग्री हुँदा हुदै पनि प्रदेश सरकारले आवश्यक जनशक्ती को अभावमा सेवा लिन आउने सेवाग्राहीलाइ प्रभावकारी सेवा दिन नसकेको उहाँको भनाइ छ ।
अस्पतालमा इमर्जेन्सीमा काम गर्ने पारामेडिक्स, इन्डोरमा काम गर्ने नर्सको चरम अभाव हुँदा पटक पटक प्रदेश सरकारसंग आग्रह गर्दा पनि नपठाएकोले समस्या भएको उहाँले बताउनु भयो ।अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पद ४ महिना देखि रिक्त हुँदा समेत अस्पतालको विकास खर्च हुन नसकेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: ७ चैत्र २०७६, शुक्रबार १५:५०