कोरोना सर्तकर्ता नगरपालिकाले विदेशबाट आएकाहरुको तथ्याङ्क संकलन गर्दै

इन्द्र बुढाथोकी

सल्यान, १६ चैत
सल्यानको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिकाले भारत सहित अन्य मुलकबाट आएकाको तथ्यांक संकलन गर्न शुरु गरेको छ । चैत महिना भित्रमा भारत सहितका बिभिन्न मुलकबाट भित्रिएका नागरिकको वडा तथा बस्ती स्तरमा तथ्यांक संकलन गरेको हो ।
बनगाड कुपिण्डे नगरपालिकामा शनिबार सम्म भारतबाट १ सय ६० जना, मलेसिया बाट १ र कतारबाट १ जना सहित १ सय ६२ जनाको तथ्याङ्क संकलन गरिएको बनगाड कुपिण्डे नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिनुभयो ।
नगर स्वास्थ्यले एक विज्ञप्ती मार्फत बनगाड कुपिण्डे नगरपालिका बासी सम्पुर्ण आमाबुवा दाजुभाइ सबैलाई आफ्नै घरको क्वारेन्टाइनमा वस्न नगरपालिकाले आग्रह गरेको छ । प्रत्येक वडा वडामा जनप्रतिनिधिलाई र कर्मचारीलाई तथ्यांक संकलनको जिम्मेवारी दिएको थियो ।
भारत सहितका देशबाट आएकाहरुको स्वास्थ्य अवस्थामा कुनै कोरोनाको लक्षणहरु नदेखिएको नगर स्वास्थ शाखा प्रमुख पोख्रेलले जानकारी दिनु भएको छ । आफ्ना मातहतका सबै वडाका स्वास्थ्य चौकीका कर्मचारीहरु समेत सजगता अपनाइ काममा खटिन आग्रह गरेको शाखा प्रमुख पोख्रेलको भनाइ छ । आबश्यक औजार उपकरणको ब्यबस्था नहुदाँ समस्या भैरहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

प्रकाशित मिति: १६ चैत्र २०७६, आईतवार ०८:०४