प्रचण्ड खत्री
रुकुम पश्चिम- रुकुम पश्चिमका १८ जना नागरिकहरु लमजुङमा अलपत्र परेका छन् । मजदुरी गर्न गएका जिल्लाको आठविसकोट नगरपालिका घेत्माका १८ जना नागरिकहरु लम्जुङको दोर्डि गाउँपालिका वडा नम्बर ५ मा अलपत्र परेका परिबारले जनाएका छन ।
विश्वभरी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिट १९ को जोेखिमलाई मध्यनजर गरी सरकारले देशभरी लकडाउन गरेपछी उनिहरु घर आउन नपाएर त्यतै अलपत्र परेका हुन् ।
नगरपालिकाको वडा नम्बर १३ र १४ घर भएका ति नागरिकहरु करिव २ महिना पहिले मजदुरी गर्न लमजुङ गएका थिए । लकडाउनमा परेपछी उनिहरुलाई खान वस्न लगायत घर आउन समस्या परेको थिए ।
मजदुरी गरेको ज्याला समेत ठेकेदार नदियको र आफुहरु सँग खान बस्नका र साबुन बुर्स किन्नको लागी पैसा समेत नभएको वडा नम्बर १३ घेत्माका प्रकाश शाहीले फोनमा कुरा गर्दै दुखेसो पोखे । पैसा पनि नभएको र खान बस्नको ठेगाना नभएकाले आफुहरु अलपत्र परेको उनले बताए ।
आफुहरुलाई उद्वार गर्न तथा घर सम्म आउने वातावरण मिलाउन उनिहरुले स्थानिय सरकार सँग आग्रह गरेका छन ।।
प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार १६:४७