चट्याङ लागेर बालिकाको मृत्यु, सात जना घाईते

प्रचण्ड खत्री
रुकुम पश्चिम् , २० चैत
पश्चिम रुकुममा बुधबार साँझ चट्याङ लागेर बालिकाको मृत्यु भएको छ । रोल्पा गंगादेव गाउपालिका बाट त्रिवेणी मा मामा घर आएकी १३ वर्षिया निर्मला खत्रीको चट्याङ्ग लागेर घटनास्थलमै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
गंगाराम खड्काको घरमा परेको चट्याङबाट सोही ठाउका ११ बर्षीया तुलसा खड्का, १७ बर्षीया शुसिला खड्का, २२ बर्षीया पबित्रा खड्का ,५० बर्षीया धनमाया खड्का,४ बर्षीया केशब खड्का ६० बर्षिया सिता ओली र २८ बर्षीय कपिल खड्का रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार स्वास्थ्य चौकी खुम्चेरिमा भैरहेको छ ।
गंगरामका छिमेकी घरमा समेत चट्याङले क्षति पु¥याएको छ । वडाध्यक्ष चन्द्र बहादुर खड्का अनुसार घाइते मध्ये २० बर्षीया अनिता बि.क गम्भिर घाइते हुनु भएको छ । अनिता बिक गर्भवती भएकाले जिल्लामा उपचार सम्भब नभएपछि उहाँलाई नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठक बहादुर केसीले जानकारी दिनुभयो ।
पश्चिम रुकुमको त्रिवेणाी गाउपालिका वडा नम्बर ४ मामा घरमा आएकी निर्मला खत्रीको चट्याङ्ग लागेर मृत्यु भएको भएको वडा अध्यक्ष चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहीबार ०८:५२