बिपन्न परिबारलाई खाद्यान्न वितरण

 

प्रचण्ड खत्री
रुकुम पश्चिम, २० चैत

बाँफिकोट गाउँपालिकाको ३ नम्बर वडाले विपन्न ब्यत्तीका परिवारलाई राहत वितरण गएिको छ । आर्थिक रुपमा पछाडि परेका अति विपन्न ९३ परिवारलाई वडा कार्यालयले चामल र तेल वितरण गरिएको हो ।
वडा नं. ३ का वडाध्यक्ष चन्द्रबहादुर केसी आफै विपन्नको घर तथा विभिन्न टोल पुगेर २५ किलोका एकएक बोरा चामल र एकएक लिटर खानेतेल वितरण गर्नुभएको हो । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने, भारतका विभिन्न ठाउँमा मजदुरी गरेर परिवार पाल्ने विपन्न परिवारलाई राहतस्वरुप चामल र तेल प्रदान गरेको वडाध्यक्ष केसीले बताउनुभयो ।
खाद्यान्न वितरण गरिएका सवै ९३ घर परिबार सबै दलित समुदायका रहेका छन् । कोरोना भाईरस तथा कोभिड १९ का कारण दिनभर ज्याला मजदुर गरेर गुजारा चलाईरहेका ब्यत्तीलाई बितरण गरिएको हो ।
वडा कार्यालयले वडाको बैठक मार्फत वडाभरका सर्वसाधारणमध्ये राहत दिन आवश्यक परिवार छनोट गरिएको थियो । ९३ मध्ये केहीको घरमै र केहीको टोलसम्म ट्याक्टरमार्फत चामल र्पुयाइएको थियो। ३ नम्बर वडामा ३ सय ५० भन्दा बढी परिवार बसोबास गर्दै आएका छ्न ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहीबार ११:११