चौरजहारीमा एक वडादेखी अर्कोमा जान नपाईने

प्रचण्ड खत्री / रुकुम पश्चिम् |
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा १ वडाबाट अर्को वडामा जान प्रतिबन्ध लगाईएको छ ।
कोरोना भाईरस ( कोभिड १९ ) को परिस्थितिलाई मध्यनजर गर्दै १४ वटामा आवातजावात बन्द गरिएको छ । आईतवार नगरपालिकाका निमित्त प्रमुख प्रशाशकिय अधिकृत राम बहादुर केसिले सूचना जारी गरेपछि नगरपालिकाका १४ वटै वडाहरुमा यो निर्णय लागू गरिएको हो ।
नागरिकलाई कोरोनाको जोखिम र संक्रमणबाट बचाउन देशभर लकडाउन चलिरहेका बेला नगरपालिकामा यो निर्णय गरिएको नगरप्रमुख विशाल शर्माको भनाइ छ ।
बिरामी, स्वास्थ्यकर्मी र अत्यावश्यक काममा खटिएकालाई भने प्रतिबन्ध नहुने नगरप्रमुख शर्माले बताउनुभयो ।
नगरपालिकाले आफू खुशिमा राहात वितरणमा पनि रोक लगाएको निमित्त प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसिले बताउनुभयो ।
यसअघि सरकारले एक स्थानीयतहदेखी अर्को स्थानीयतहमा जान रोक लगाएको थियो । चौरजहारी नगरपालिकाले भने वडास्तरमै प्रतिबन्धको नियम ल्याएको हो ।

 

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार १०:२२