वडामा विपद व्यवस्थापन समिति र टोलमा उप समिति गठन

इन्द्र बुढाथोकी
सल्यान – बनगाड कुपिण्डे नगरपालिकाको ५ नम्बर वडामा विपद व्यवस्थापन समिति गठन भएको छ । वडा अध्यक्ष कमल विकको अध्यक्षतामा २७ सदस्यीय समिति गठन गरिएको हो । साथै वडा राहत कोष पनि स्थापन गरिएको छ । राहतकोषमा अहिले सम्म ५० हजार जम्मा भैसकेको र अझै सहयोग गर्ने ईच्छुक संघ, संस्था तथा ब्यक्तिलाई सहयोगका लागि आह्वान गरिएको वडाध्यक्ष विकले जनाए । वडा कार्यालयले विदेश गएका वडावासिको विवरण सङ्कलन गर्ने निर्णय पनि गरेको छ ।
वडा क्षेत्रमा कोरोना भाइरसमा लकडाउनका कारण दैनिक हातमुख जोड्न कठिन हुने विपन्न परिवारको लागत संकलन गरी राहतको लागि नगरपालिकामा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ । कोरोना भाइरस लाई नियन्त्रण गर्न आवश्यक पर्ने सामाग्री र जनचेतनामूलक कार्यक्रम सन्चालन तथा वितरण गर्नको लागि ५ नम्बर वडा कार्यालयले वडामा रहेका ११ वटा टोलमा टोल स्तरीय विपद व्यवस्थापन उप समिति गठन गरिएको छ । उक्त गठन भएको उप समितिलालाइ विहिबार कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक काममा लाग्न अध्यक्ष विकले निर्देशन दिएका छन् ।

जन कल्याण युवा क्लबद्वारा राहत वितरण
यसैविच सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा न १ सल्लीबजारमा रहेको जन कल्याण युवा क्लबले गरिव तथा विपन परिवारलाई २ क्वीन्टल चामल राहत वितरण गरेको छ । ५० जना अति गरिव, विपन्न दैनिक मजदुरी गरि खाने , परिवारलाई राहत दिएको क्लबका उपाध्यक्ष मिनराज डिसिले जानकारी दिए ।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहीबार २०:४९