
इन्द्र बुढाथोकी
सल्यान– सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आधारभुत स्वास्थ्य सेवा नभएका ५ वटा वडाहरुमा स्वास्थ्य इकाई स्थापना गरेको छ । स्वास्थ्य संस्था नभएका नगरका वडा नम्बर २ बामेडाडागाउ , वडा नम्बर ४ को गर्चे, वडा नम्बर ६ को सुनौली बजार, वडा नम्बर ८ को बाबियाचौर र वडा नम्बर ११ को आपचौरमा आधारभूत स्वास्थ्य इकाई स्थापना गरी तत्काल सेवा सुचारु गरेको नगर स्वास्थ्य प्रमुख बासुदेव पोखरेलले जानकारी दिए ।
आधारभुत स्वास्थ्य इकाईहरुमा कर्मचारी समेत राखिसकेको र कोरोना भाइरसको महामारीको समयमा नागरिकको स्वास्थ्यमा समेत औषधि उपचारमा सहजता हुने नगर प्रमुख गोविन्द कुमार पुनले बताए । स्वास्थ्य संस्था नभएका स्थानका सबै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा सञ्चालन गरिएको छ । वडा नम्बर १, ३, ५, ७, ९, १० र १२ मा स्वास्थ चौकीहरु रहेका छन। अहिले बाँकी ५ वटा वडाहरुमा कर्मचारीसँगै आधारभुत स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।
प्रकाशित मिति: २८ चैत्र २०७६, शुक्रबार १५:५५