माझकाडामा पुग्यो गाडी

इन्द्र बुढाथोकी
सल्यान, ३० चैत । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. १० मा पहिलो पटक गाडी पुगेको छ । अत्यावश्यक औषधी र खाद्यन्न लिएर आइतबार माझँकाडाँमा गाडी पुगेको हो ।
पहिलो पटक गाउँमा गाडी पुगेपछि स्थानीयले स्वागत गरेका छन् । गाउँमा पहिलो पटक गाडी पु¥याउदा स्थानीय निकै खुशी देखिएको दिपक यरीले बताउनुभयो । औषधी र खाद्यन्न लिएर माझँकाडाँमा दुई गाडी पुगेका थिए । 
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउनको घोषणा गर्दा धेरै स्थानीय जम्मा नभए पनि उपस्थित भएकाबाट निकै स्वागत पाएको यरीको भनाई छ ।

प्रकाशित मिति: ३० चैत्र २०७६, आईतवार २०:३८