भिरबाट लडेर चलाउनेको मृत्यु

प्रचण्ड खत्री
जाजरकोट, ३० चैत । जाजरकोटमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । बारेकोट गाउँपालिका वडा नं. ६ का २२ बर्षिय इश्वर चलाउनेको शुक्रबार भिरबाट लडेर मत्यु भएको हो ।
शुक्रबार वाख्रा चराउन जंगल गएकोबेला भिरबाट लडेर मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ । चलाउने भिरबाट करिव १ किलोमिटर तल खोजमा खसेको र घटनास्थलमै उहाँको मृत्यु भएको प्रहरीको भनाई छ ।
एक बर्ष अघि मात्र बैवाहिक जीवनमा चलाउने बाँधिएको स्थानीय लोकेन्द्र विकले जानकारी दिनुभयो । जिल्लामा अप्ठेरो भुभाग र भएकोले बर्षेनी मानिसहरुले यहाँ ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति: ३० चैत्र २०७६, आईतवार २०:५६