शैक्षिक सुधार तथा स्तर वृद्धि गर्नको लागि कक्षा घटाउने

प्रचण्ड खत्री
रुकुम पश्चिम, ३० चैत । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले शैक्षिक सुधारका तथा स्तरवृद्धिका लागि कक्ष घटाउने भएको छ । नगरपालिका भित्रको शैक्षिक अबस्थालाई सुधार गर्नका लागि नगरपालिकाले नयाँ अभ्यास गर्न लागेको हो ।
चौरजहारी नगरपालिकाका नगरप्रमुख बिशाल शर्माको अध्यक्षतामा बसेको वैठकले शैक्षिक सुधारका लागि कक्षा घटाउने लगायतका १३ वटा निर्णयहरु गरेको छ ।
बैठकले सरकारी तथा सामुदायिक बिद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाउने, बिपन्न र सिमान्तकृत बिद्यार्थीलाई नगर शिक्षा नियामावली २०७४ को नियम ५५ अनुसार छात्रबृत्ति उपलब्ध गराउने, अनुमति नलिएर कक्षा सञ्चालन गर्नेलाई कारवाही गर्ने निर्णय गरेको नगर प्रमुख बिशाल शर्माले जानकारी दिनुभयो ।
साथै बैठकले नगरका १४ वटै वडामा सञ्चालित सामुदायिक र संस्थागत बिद्यालयहरुको स्थलगत अनुगमन गरी प्रतिबेदन तयार गर्न प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी संयोजकत्वमा ४ सदस्य समिति गठन गरको छ ।
बैठकले पोसाक र स्टेशनरी खरिद गरी वितरण गर्ने, वालमैत्री पठनपाठनको व्यवस्था मिलाउने, आबश्यक परार्मश गरि बिद्यालयमा लगाउने रङ्ग तोक्ने लगायतका निणर्य गरको नगर प्रमुख शर्माले बताउनुभयो ।

प्रकाशित मिति: ३० चैत्र २०७६, आईतवार २१:१०