थप एक सय एकको र्यापिट टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

इन्द्र बुढाथोकी
सल्यान– पुर्वी सुर्खेतको सिम्ता गाउंपालिकाले मंगलबार दोश्रो पटक विदेश बाट आएका १ सय १ जनाको ¥यापिट डाइगोनिस्टिक परिक्षण गरेको छ । सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ । भारत तथा विदेशबाट आएका नागरिकको वागेश्वरी माबी राकममा रहेको क्वारेन्टाइनमा ¥यापिट टेष्ट मंगलबार गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यलय सुर्खेत कर्णाली प्रदेशका ल्याव असिस्टेन्ट उदय विसि, प्रेम प्रकाश चपाइ, गाउँ स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुन, सन्तोष वुढा र ल्याब असिस्टेन्ट रन्जिना वलि लगाएतको चिकित्सकको टोलिले ¥यापिट परिक्षण गरिरहेको छ । भारतबाट आएका १ सय ४५ र अन्य मुलकबाट आएका ७ जना मध्य १ सय ४७ जनाको ¥यापिट टेष्ट गरिएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिए । गत चैत्र २८ गते शनिबार गरिएको परिक्षणमा ४६ जनाको भएको ¥यापिट टेष्टमा सबैको नेगेटिभ रिपोर्ट आएको थियो ।

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलवार १७:१३