रेडक्रसले हस्तान्तरण गर्याे गाउँपालिकालाई क्वारेन्टाईन सम्बन्धी सामग्री

सल्यान- नेपाल रेडक्रस सोसाईटी सल्यानले कपुरकोट गाउँपालिकालाई कम्बल, बाल्टीन लगाएतका सामग्रीहरु उपलब्ध गराएको छ । कोरोना भाईरस सतर्कताका लागि क्वारेन्टाईन सम्बन्धी सामग्री मंगलबार रेडक्रसले हस्तान्तरण गरेको हो ।

२५ थान कम्बल, बाल्टीन ४ थान, त्रिपाल २ थान, मग ४ थान र साबुन १० वटा हस्तान्तरण गरिएको नेपाल रेडक्रस रीम सिनवाङ उपशाखा सभापति भद्रसिंह बुढाले बताए । सामग्री बुझ्दै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सहयोगका लागि रेडक्रसलाई धन्यवाद दिए ।

विपत्तिको यस समयमा कोरोना संक्रमण विरुद्ध सबै लड्नुपर्ने र सतर्क बन्नुपर्नेमा जोड दिदै उनले गाउँपालिकाको राहत कोषमा सक्दो सहयोग गर्न सबैमा अपिल गरे ।

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलवार १७:१६